नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
४२ पटक हेरिएको
Shares
नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ

सारांश

  • बिराटनगर साउन,३०।
  • प्रदेश १ को पूर्वीभेगको काँकरभिट्टाबाट नेपाली नक्कली नोट सहीत  दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
  • नक्कली नोट सहित भारत सिलिगुढीका ४० वर्षीय सतिस अग्रवाल र सोही ठाउँका २४ वर्षीय हितेस अग्रवाल पक्राउ परेका हुन् ।

बिराटनगर साउन,३०। प्रदेश १ को पूर्वीभेगको काँकरभिट्टाबाट नेपाली नक्कली नोट सहीत  दुई भारतीय नागरिक पक्राउ परेका छन् ।नक्कली नोट सहित भारत सिलिगुढीका ४० वर्षीय सतिस अग्रवाल र सोही ठाउँका २४ वर्षीय हितेस अग्रवाल पक्राउ परेका हुन् ।दुवै जनालाई मेचीनगर–६ स्थित भन्सार गेट अगाडिबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले बताए।

प्रहरीले उनीहरु सतिस अग्रवालको साथबाट रु ३३ हजार र हितेसको साथबाट रु १७ हजार नेपाली नक्कली नोट बरामद गरेको छ।अहिले दुवै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?