चर्चित अभिनेत्री पूजा शर्माको आज जन्म दिन, थाहा पाउनुस पूजाका ७ खास कुराहरु
सारांश
- नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय अनि चर्चित नायिका पुजा शर्माको आज २७ औँ जन्म दिन हो ।
- फिल्म सम्हालिन्छ कहिले मनको निर्माण प्रक्रियामा व्यस्त रहेकी पुजालाई उनको जन्म दिनको अवसरमा कलाकार, सञ्चारकर्मी तथा प्रशसंकहरुहले विहानैदेखि शुभकामना दिइरहेका छन् ।
- टेलिभिजनबाट भिजे हुँदै उनको यात्रा म्यूजिक भिडियोको मोडलिंगमा मोडिएको थियो ।
नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय अनि चर्चित नायिका पुजा शर्माको आज २७ औँ जन्म दिन हो । फिल्म सम्हालिन्छ कहिले मनको निर्माण प्रक्रियामा व्यस्त रहेकी पुजालाई उनको जन्म दिनको अवसरमा कलाकार, सञ्चारकर्मी तथा प्रशसंकहरुहले विहानैदेखि शुभकामना दिइरहेका छन् । टेलिभिजनबाट भिजे हुँदै उनको यात्रा म्यूजिक भिडियोको मोडलिंगमा मोडिएको थियो ।

उनको फिल्मी यात्रा थ्रि लभर्सबाट सुरु भएको थियो । प्रेमगीत र रामकहानी पछि पूजा चर्चित र स्थापित बनिन् । रामकहानी मार्फत उनले फिल्म निर्माणमा पनि हात हालिन् ।
सम्हालिन्छ मन पूजा अभिनित पछिल्लो फिल्म हो, जुन प्रदर्शनको क्रममा रहेको छ ।

पूजा शर्माका केही खास कुराहरु
१. अभिनय र मोडलिंग बाहेक पूजालाई गायनका पनि शौख रहेको छ । उनले केही समय अघि अनिल सिंहसँग एउटा गीत गाएकी थिइन् । नरेश भट्टराईको शव्द रहेको प्रेमकथा बोलको गीत युट्युवमा हेर्न र सुन्न सकिन्छ ।
२. फिल्म बाहेक पूजाको रुची एयर होस्टेस बन्ने पनि हो । यदी फिल्म क्षेत्रमा नआएको भए एयर होस्टेस बन्थे भनेर उनले केही सञ्चामाध्यमहरुमा अन्तरवार्ताको क्रममा बताएकी थिइन् ।
३. पूजा अध्ययनको लागी एक समय क्यानडा पुगेकी थिइन् । तर त्यहाँको वातावरणमा घुलमिल हुन नसके पछि उनी नेपाल फर्किएकी हुन् ।
४. पूजा र निर्देशक सुदर्शन थापा बीच अत्यन्तै निकट सम्बन्ध रहेको छ । फिल्मी क्षेत्रमा उनीहरु प्रेमसम्बन्धमा रहेको गसिप चल्ने गर्छ । यद्यपी दुवैले सार्वजनिक रुपमा आफुहरु प्रेममा रहेको भने स्वीकारेका छैनन् ।
५. स्कुले जीवनमा पूजा फाइटर स्वभावको थिइन् । ११ र १२ कक्षा पढ्दा उनी धेरै पटक ग्यांगफाइटमा सहभागि भएकी थिइन् ।
६, मिडिया र फिल्मी क्षेत्रमा आउनु अघि उनी टमव्वाई थिइन् । फिल्मी क्षेत्रमा प्रवेश गरेपछि मात्रै उनी अहिलेको स्थितिमा आएको बताउँछिन् ।
७ पूजालाई फिल्मी क्षेत्रमा विवादमा आइरहने अभिनेत्रीको रुपमा लिइन्छ । फिल्मी क्षेत्रमा उनको धेरै जनासँग विवाद भइसकेको छ ।

प्रतिक्रिया