‘एकद्धार प्रणालीमा सूचना प्रवाह गर्ने’
सारांश
- काठमाडौं, २८ फागुन ।
- कोरोना भाईरस (कोभिड–१९) बारे छलफल गर्न सरकारले डाकेको सर्वदलीय बैठक सम्पन्न भएको छ ।
- उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको उक्त बैठकमा कोरोनाबारे सही सुचना प्रवाह नभएकोबारे गुनासो भएको थियो ।
काठमाडौं, २८ फागुन । कोरोना भाईरस (कोभिड–१९) बारे छलफल गर्न सरकारले डाकेको सर्वदलीय बैठक सम्पन्न भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको उक्त बैठकमा कोरोनाबारे सही सुचना प्रवाह नभएकोबारे गुनासो भएको थियो ।
संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका प्रतिनिधिहरुले सुझाव तथा सरकारको ध्यानाकार्षण गराएका थिए । अबदेखि कोरोनाबारे सरकारको तर्फबाट सुचना प्रवाह गर्दा एकद्धार प्रणालीबाट गर्ने सहमति भएको छ । सरकारको तर्फबाट स्वास्थ्यमन्त्री वा प्रवक्तामध्ये एक जनाले मात्रै सुचना प्रवाह हुने भएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया