पल शाहको पक्ष र विपक्षमा प्रदर्शन नगर्न आयोगको आग्रह

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २०, २०७८
|
|
५७ पटक हेरिएको
Shares
पल शाहको पक्ष र विपक्षमा प्रदर्शन नगर्न आयोगको आग्रह

सारांश

  • राष्ट्रिय मानवअधिकार आयोगले पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्ने काम नगर्न आग्रह गरेको छ ।
  • अनुसन्धान प्रक्रिया चलिरहेको बेला यस प्रकारका गतिविधिले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रिया समेत प्रभावित हुनसक्ने आयोगले जनाएको छ ।
  • “गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्त अनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्दछ”, आयोगका सहायक प्रवक्ता लोकनाथ वास्तोलाद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “ गम्भीर प्रकृतिको फौजदारी अपराधको अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने गरी पक्ष र विपक्षमा समाचार सम्प्रेषण नगर्न, सम्बन्धित व्यक्तिको अनुमति विना भिडियोहरु रेकर्ड नगर्न, रेकर्ड गरिएका भिडियोहरु सार्वजनिक नगर्न र अतिप्रचारका कारण प्रमाणहरु नष्ट हुनेतर्फ विचार पु¥याउनु पर्दछ ।

राष्ट्रिय मानवअधिकार आयोगले पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्ने काम नगर्न आग्रह गरेको छ । अनुसन्धान प्रक्रिया चलिरहेको बेला यस प्रकारका गतिविधिले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रिया समेत प्रभावित हुनसक्ने आयोगले जनाएको छ ।

“गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्त अनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्दछ”, आयोगका सहायक प्रवक्ता लोकनाथ वास्तोलाद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “ गम्भीर प्रकृतिको फौजदारी अपराधको अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने गरी पक्ष र विपक्षमा समाचार सम्प्रेषण नगर्न, सम्बन्धित व्यक्तिको अनुमति विना भिडियोहरु रेकर्ड नगर्न, रेकर्ड गरिएका भिडियोहरु सार्वजनिक नगर्न र अतिप्रचारका कारण प्रमाणहरु नष्ट हुनेतर्फ विचार पु¥याउनु पर्दछ ।”

गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्तअनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्ने र अधिकार प्राप्त निकायबाट अनुसन्धान प्रक्रिया चलिरहँदा आरोपका पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्नाले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रिया समेत प्रभावित हुने सम्भावना भएको आयोगले जनाएको छ । यस सम्बन्धमा आयोगले अनुगमन तथा सूचना सङ्कलन गरिरहेको जनाएको छ ।

यस प्रकारका गतिविधिले नेपालको संविधानको धारा २८ को गोपनीयताको हक र धारा २० मा उल्लेखित न्यायसम्बन्धी हक, मुलुकी फौजदारी संहिताको दफा २९८, मानवअधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १२ र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको धारा १७ मा व्यवस्था भएको गोपनीयताको अधिकारसमेत प्रभावित भएको देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीको दर्दनाक तस्बिर: जब मृतक बालकलाई पुर्ने ठाउँ भएन (फोटो कथा)
बाढीको दर्दनाक तस्बिर: जब मृतक बालकलाई पुर्ने ठाउँ भएन (फोटो कथा)
प्रेम कृष्ण बजगाईंको शब्द संगीतमा फेरी अर्को उत्कृष्ट बालगीत (हेर्नुहोस् भिडियोसहित)
प्रेम कृष्ण बजगाईंको शब्द संगीतमा फेरी अर्को उत्कृष्ट बालगीत (हेर्नुहोस् भिडियोसहित)
ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना गम्भीर घाइते
ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना गम्भीर घाइते
कुनै ब्लु फिल्म, छाडा किताब पनि साथमा नराख्नुस्, नत्र जेल जानु पर्ला
कुनै ब्लु फिल्म, छाडा किताब पनि साथमा नराख्नुस्, नत्र जेल जानु पर्ला
बिडिसिए कप : गजेन्द्र बोहराको नयाँ रेकर्ड
बिडिसिए कप : गजेन्द्र बोहराको नयाँ रेकर्ड
तीनकुने सामूहिक हत्याका अभियुक्त भण्डारी कारागार चलान
तीनकुने सामूहिक हत्याका अभियुक्त भण्डारी कारागार चलान
विश्वकप फुुटबल २०१८: एम्बाप्पेको तीब्र बेगमा मोडरिच बग्लानकि उत्रेलान  ?
विश्वकप फुुटबल २०१८: एम्बाप्पेको तीब्र बेगमा मोडरिच बग्लानकि उत्रेलान ?
अख्तियारले घुस खाने पाठकविरुद्ध मुद्दा चलाउने तयारी
आलियाको फोटोमा रहस्यमय खुट्टा देखिएपछि।
आलियाको फोटोमा रहस्यमय खुट्टा देखिएपछि।
नेहाले दिइन पूर्वप्रेमीलाई धम्की
नेहाले दिइन पूर्वप्रेमीलाई धम्की