मेघाङ–१ मा एमालेको समूह विजयी

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १, २०७४
|
|
२३७ पटक हेरिएको
Shares
मेघाङ–१ मा एमालेको समूह विजयी

सारांश

  • नुवाकोट, १ जेठ ।
  • मेघाङ गाउँपालिका वडा नं १ मा वडाध्यक्षसहित सदस्यमा नेकपा (एमाले)को समूह नै विजयी भएको छ ।
  • आइतबार भएको मतदानको मत परिणामानुसार वडाध्यक्षमा एमालेका उम्मेदवार दलसिंह तामाङले ९२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

नुवाकोट, १ जेठ । मेघाङ गाउँपालिका वडा नं १ मा वडाध्यक्षसहित सदस्यमा नेकपा (एमाले)को समूह नै विजयी भएको छ ।

आइतबार भएको मतदानको मत परिणामानुसार वडाध्यक्षमा एमालेका उम्मेदवार दलसिंह तामाङले ९२ मत प्राप्त गरी विजयी हुनुभएको छ । महिला सदस्यमा सुनमाया तामाङ ८९, दलित महिला सदस्य पद्मकुमारी दमिनी ८६ तथा खुला सदस्यमा घोसे घले ८७ र पूर्णबहादुर तामाङ ९१ मत ल्याएर विजयी हुनुभएको छ ।

यस्तै वडाबाट गाउँपालिका अध्यक्षका लागि एमालेलाई ९०, नेकपा (माओवादी केन्द्र)लाई ६१ र काँग्रेसलाई ४६ मत प्राप्त भएको छ । गाउँपालिकाको मतगणना जारी रहेकाले विजयी भएकाको नाम घोषणा हुन बाँकी रहेको निर्वाचन अधिकृत कमलराज ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?