काठमाडौँमा मंगलवार ४८१ जना कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १६, २०७७
|
|
४१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं उपत्यकामा आज एकै दिन ४ सय ८१ जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर १ हजार ६९ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ४ सय ८१ जना थपिएसँगै जोखिम बढेको छ ।
  • स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.

काठमाडौं उपत्यकामा आज एकै दिन ४ सय ८१ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १ हजार ६९ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ४ सय ८१ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १२ हजार ८८ जनाको पिसीआर परिक्षणमा १ हजार ६९ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा ७६८ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या २२ हजार १ सय ७८ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका ३९३ जना र ललितपुरका ५८ जना र भक्तपुरका ३० जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ४० हजार ५ सय २९ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?