खानेपानी योजना अधुरै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २५, २०७५
|
|
१९ पटक हेरिएको
Shares
खानेपानी योजना अधुरै

सारांश

  • राजविराज, २५ साउन ।
  •   सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारको खानेपानी योजना पुरा हुन सकेको छैन ।
  • जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सप्तरीले रु छ करोड खर्च गरेपनि सो योजनाको काम अधुरै रहेको स्थानीयवासी बृजमान तामाङले बताउनभयो ।

राजविराज, २५ साउन ।  सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारको खानेपानी योजना पुरा हुन सकेको छैन ।
जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सप्तरीले रु छ करोड खर्च गरेपनि सो योजनाको काम अधुरै रहेको स्थानीयवासी बृजमान तामाङले बताउनभयो । उपभोक्ता समिति र कर्मचारीको मिलोमतोमा बजेट दुरुपयोग गरी खानेपानी योजनाको काम अधुरै छाड्दा स्थानीयवासी शुद्ध पानी पिउनबाट वञ्चित हुनुपरेको उहाँले बताउनुभयो ।

उपभोक्ता समिति र कर्मचारीको लापर्बाहीका कारण गुणस्तरीय काम नभएको स्थानीयवासीको आरोप छ । प्लाष्टिक पाइप बेलाबेलामा फुट्ने गरेको छ । पानी नछानिकनै धारामा वितरण गर्ने गरिएको छ । स्थानीयवासी दूषित पानी खान बाध्य छन्।

 उपभोक्ताले रु एक हजार ५०० धरौटी तिरेर धारा जडान गरेका हुन् । उनीहरुले मासिक रु २०० शुल्क उपभोक्ता समितिलाई बुझाउँदै आएका छन् । उपभोक्ता समितिका कोषाध्यक्ष लालबहादुर तामाङले सो योजनाको आयव्यवबारे आफूलाई जानकारी नभएको बताउनुभयो ।

(www.plu68.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?