इजरेल गाजा युद्धपछि सुरक्षा छलफलमा इजरेली प्रधानमन्त्री
सारांश
- गाजा स्ट्रीपमा इजरेली विशेष फौजले गरेको सैन्य कारबाहीका क्रममा एकजना इजरेली कर्णेल सहित प्यालेस्टाइनी सशस्त्र समूहका ७ जना सदस्यहरु मारिएपछि इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले सुरक्षा अधिकारहरुसँग विशेष छलफल गर्दैछन् ।
- यो पछिल्लो आक्रमणसँगै वर्षौदेखि जारी इजरेल र प्लालेस्टाइनबीचको द्वन्द अझै चर्किने अनुमान गरिन थालिएको छ ।
- इजरेल तथा गाजाको नियन्त्रण गर्ने प्यालेस्टाइनी लडाकु समुह हमाशबीच यो पछिल्लो आक्रमणले दीगो युद्धविराम गराउने प्रयासमा पनि संकट आउने देखिएको छ ।
गाजा स्ट्रीपमा इजरेली विशेष फौजले गरेको सैन्य कारबाहीका क्रममा एकजना इजरेली कर्णेल सहित प्यालेस्टाइनी सशस्त्र समूहका ७ जना सदस्यहरु मारिएपछि इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले सुरक्षा अधिकारहरुसँग विशेष छलफल गर्दैछन् ।
यो पछिल्लो आक्रमणसँगै वर्षौदेखि जारी इजरेल र प्लालेस्टाइनबीचको द्वन्द अझै चर्किने अनुमान गरिन थालिएको छ । इजरेल तथा गाजाको नियन्त्रण गर्ने प्यालेस्टाइनी लडाकु समुह हमाशबीच यो पछिल्लो आक्रमणले दीगो युद्धविराम गराउने प्रयासमा पनि संकट आउने देखिएको छ ।
इजरेली सेनाले आफ्नो गुप्तचरले अन्य क्षेत्रमा गुप्तचरी गर्ने आरोपलाई विरलै स्वीकार गर्ने गर्छ । तर यसपटक गाजा स्ट्रीपमा आफ्ना सैनिकले गुप्तचरी गरिरहेको विषयलाई इजरेली सैनिकले स्वीकार गरेको छ । गुप्तचरीका लागि पुगेका इजरेली सैनिक गैरसैनिक कारभित्र रहेको बेला प्यालेस्टाइनी लडाकुहरुले देखि गोली हानाहान गरेका थिए । लगत्तै इजरेली फौजले तोप हमला गरेको थियो । गाजा स्ट्रीपमा रहेको इजरेली सैनिकलाई हेलिकप्टरबाट उद्दार गरिएको थियो ।
इजरेली आक्रमण बढेपछि गाजा क्षेत्रबाट पनि रकेट आक्रमण भएको बताइएको छ । आक्रमण बढ्दै गए पछि फ्रान्सको भ्रमणमा रहेका इजरेली प्रधानमन्त्री नेतन्याहू आफ्नो भ्रमण छोट्याएर स्वदेश फर्किएका थिए । पेरिस छोड्नु अघि सञ्चारमाध्यममा बोल्दै उनले युद्धलाई थप चर्किन नदिने प्रयास थाल्ने बताएका थिए ।
प्रतिक्रिया