विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाको विजयी यात्रा जारी

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ८, २०८१
|
|
१८ पटक हेरिएको
Shares
विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाको विजयी यात्रा जारी

सारांश

  • काठमाडौं।
  • अमेरिका र वेष्टइण्डिजमा जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत सुपर आठको दोस्रो खेलमा इङ्ल्यान्डलाई हराउँदै दक्षिण अफ्रिका विजयी भएको छ।
  • सेन्ट लुसियास्थित ड्यारेन सामी क्रिकेट स्टेडियममा गएराती सम्पन्न खेलमा इङ्ल्यान्ड सात रनले पराजित भएको हो।

काठमाडौं। अमेरिका र वेष्टइण्डिजमा जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत सुपर आठको दोस्रो खेलमा इङ्ल्यान्डलाई हराउँदै दक्षिण अफ्रिका विजयी भएको छ।

सेन्ट लुसियास्थित ड्यारेन सामी क्रिकेट स्टेडियममा गएराती सम्पन्न खेलमा इङ्ल्यान्ड सात रनले पराजित भएको हो। अफ्रिकाले दिएको १६४ रनको लक्ष्य पछ्याउने क्रममा इङ्ल्यान्डले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १५६ रन मात्रै बनाउन सक्यो।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएको थियो। दक्षिण अफ्रिकाका लागि ओपनर ब्याट्सम्यान क्विन्टन डी काकले केवल ३८ बलको सामना गरी चार छक्का र चार चौका प्रहार गरी ६५ रनको योगदान गरे।

अर्का ओपनर रिजा हेन्ड्रिक्स भने १९ रन बनाउँदै पेभेलियन फर्किए। ओपनर ब्याट्सम्यानद्वय डी काक र हेन्ड्रिक्सले ८६ रनको साझेदारी गरेका थिए। चौथो नम्बरका ब्याट्सम्यान डेभिड मिल्लरले अविजित ४३ रन थपे । उनले केवल २८ बलमा दुई छक्का र चार चौका प्रहार गरे।

इङ्ल्यान्डका बलर जोफ्रा आर्चरले तीन विकेट लिए । मोइन अली र अदिल रसिदले एक–एक विकेट हात पारे। ‘सुपर–८’ चरणको ‘समूह–२’मा साविक विजेता इङ्ल्यान्ड र दक्षिण अफ्रिकाको यो दोस्रो खेल हो । यसअघि आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकाले आयोजक अमेरिकालाई १८ रनले हराएको थियो।

यसैगरी इङ्ल्यान्डले आफ्नो पहिलो खेलमा दुई पटकको च्याम्पियन वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?