विश्वमा इतिहासमा आजः रुसमा पुटिन राष्ट्रपतिदेखि इजरायल र इजिप्टबीच एतिहासिक सन्धि

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १२, २०७८
|
|
३७ पटक हेरिएको
Shares
विश्वमा इतिहासमा आजः रुसमा पुटिन राष्ट्रपतिदेखि इजरायल र इजिप्टबीच एतिहासिक सन्धि

सारांश

  • आज २६ मार्च।
  • प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटना रुसमा पुटिन राष्ट्रपति सन् २००० मा भ्लादिमिर पुटिन रुसको राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
  • भूतपूर्व केजीबी अधिकारी पुटिनले रुसलाई १९९० को आर्थिक संकटबाट मुक्त गरेकोमा सुरुवाती समयमा उनको प्रशंसा गरिएको थियो ।

आज २६ मार्च। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटना
रुसमा पुटिन राष्ट्रपति
सन् २००० मा भ्लादिमिर पुटिन रुसको राष्ट्रपतिमा निर्वाचित भएका थिए । भूतपूर्व केजीबी अधिकारी पुटिनले रुसलाई १९९० को आर्थिक संकटबाट मुक्त गरेकोमा सुरुवाती समयमा उनको प्रशंसा गरिएको थियो । रुसमा लामो समयदेखि एकछत्र शासन कायम गरेका पुटिनको पछिल्लो समयमा युक्रेनमाथि रुसी हमला गर्ने निर्णयका कारण अन्तर्राष्ट्रिय समुदायले चर्को आलोचना गरेको छ । रुसले २४ फेब्रुवरीदेखि युक्रेनमाथि हमला गरिरहेको छ ।
मर्कोसर समूह स्थापना
सन् १९९१ मा चार ओटा दक्षिण अमेरिकी देशहरुले मर्कोसर समूह स्थापना गरेका थिए । अर्जेन्टिना, ब्राजिल, उरुग्वे र पारग्वे समूहका संस्थापक सदस्य हुन । साझा बजार प्रबद्र्धन गर्ने उदेश्यले समूह स्थापना गरिएको हो ।
इजरायल र इजिप्टबीच एतिहासिक सन्धि
सन् १९७९ मा इजरायल र इजिप्टबीच एतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । इजिप्टका राष्टपति अजवर अल सदात र इजरायलका प्रधानमन्त्री मेनाचेम बिगिनले सो सन्धिमा हस्ताक्षर गरेका थिए । सम्झौतासँगै दुई देशबीचको ३० वर्ष लामो युद्ध समाप्त भएका थियो ।
जैविक हतियार सन्धि
सन् १९७५ मा जैविक हतियार सन्धि कार्यान्वयनमा आएका थियो । सन्धिले जैविक र विषाक्त हतियारको विकास, उत्पादन र भण्डारणमा प्रतिबन्ध लगाएको छ । यसलाई अहिले विश्वका अधिकांश देशहरूले अनुमोदन गरिसकेका छन् ।[image: Itihasmaa-aaja_Template_1.jpg-3.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?