केपी ओली अल्पमतमा पर्ने भएपछि सचिवालय वैठक अवरुद्ध भएको आशंका, छलफलमा जुटे प्रचण्ड, बामदेव र नारायणकाजी

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ५, २०७६
|
|
४१ पटक हेरिएको
Shares
केपी ओली अल्पमतमा पर्ने भएपछि सचिवालय वैठक अवरुद्ध भएको आशंका, छलफलमा जुटे प्रचण्ड, बामदेव र नारायणकाजी

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आइतबार बस्ने भनिएको सचिवालय बैठक अचानक स्थगित भएको छ ।
  • अब बैठक कहिले बस्छ ?
  • भन्ने अन्यौलता छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आइतबार बस्ने भनिएको सचिवालय बैठक अचानक स्थगित भएको छ । अब बैठक कहिले बस्छ ? भन्ने अन्यौलता छ । तर, पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा भने सचिवालय सदस्यद्वय बामदेव गौतम र नारायणकाजी श्रेष्ठ पुगेर छलफल गरेका छन् । अध्यक्ष प्रचण्डले पार्टीका जनवर्गाीय संगठनहरुको एकता टुँगो लागेकोले अब वैचारिक बहसको सुरुवात गरेका छन् ।

सायद, त्यही भएर होला प्रचण्डले आज पार्टीका प्रवक्तासमेत रहेका नेता श्रेष्ठ र प्रभावशाली नेता गौतमसँग विशेष छलफल गरेका हुन् । पोलिटब्यूरो सदस्य घोषणा गर्ने भनिए पनि अर्का अध्यक्ष केपी शर्मा ओली अल्पमतमा पर्ने भएकोले उनकै स्वार्थमा आजको सचिवालय बैठक स्थगित भएको कुरा बाहिरिएको बेला प्रचण्डले यसरी गोप्य छलफल गर्नुले नेकपाभित्र अब वैचारिक बहस सुरु भएको पनि बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?