मेलम्ची आयोजनामा झडपः ६ राउण्ड अश्रुग्यास प्रहार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १९, २०७६
|
|
२७ पटक हेरिएको
Shares
मेलम्ची आयोजनामा झडपः ६ राउण्ड अश्रुग्यास प्रहार

सारांश

  • मेलम्ची खानेपानी आयोजनाबाट पीडित स्थानीय मजदूर र प्रहरीबीच झडप भएको छ ।
  • आन्दोलनको दोस्रो दिन आज खानेपानीको मुहान अम्बाथानमा धर्नामा गएका पीडितसँगको झडपमा प्रहरीले अश्रु ग्यास प्रहार गर्नाका साथै हवाइ फायर गरेको छ ।
  • झडपमा दुई दुई प्रहरी र पीडित आन्दोलनकारी घाइते भएको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछानेले जानकारी दिनुभयो ।

मेलम्ची खानेपानी आयोजनाबाट पीडित स्थानीय मजदूर र प्रहरीबीच झडप भएको छ । आन्दोलनको दोस्रो दिन आज खानेपानीको मुहान अम्बाथानमा धर्नामा गएका पीडितसँगको झडपमा प्रहरीले अश्रु ग्यास प्रहार गर्नाका साथै हवाइ फायर गरेको छ । झडपमा दुई दुई प्रहरी र पीडित आन्दोलनकारी घाइते भएको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछानेले जानकारी दिनुभयो । झडपमा प्रहरीबाट छ राउण्ड अश्रु ग्यास तथा दुई राउण्ड हवाइ फायर भएको छ भने पीडितले ढुङ्गामुढा प्रहार गरेका छन् । आन्दोलनकारीले मेलम्ची आयोजनाको सवारी साधनमा ढुङ्गा प्रहार गरेपछि अश्रुग्यास प्रहार गरिएको प्रहरी निरीक्षक लामिछानेले जानकारी दिनुभयो ।

तोकेको घेरा नाघ्न खोजेपछि आन्दोलनकारीलाई प्रहरीले रोकेको थियो । त्यसैक्रममा आन्दोलनकारीले एक्कासि ढुङ्गामुढा प्रहार गरेपछि प्रहरीले भीड तितरबितर पार्नका लागि हवाइ फायर र अश्रुग्यास प्रहार गरेको लामिछानेले बताउनुभयो । आयोजनाको बाँधमा नै पुगेर अवलोकन गर्ने भन्दै पीडितहरु अगाडि बढेपछि प्रहरीले रोकेको हो । अम्बाथानमा पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी, प्रदेशसभा सदस्य लगायतको टोलीसहित एकै पल्ट जाने भनिए तापनि आन्दोलनकारीले पर्खन नसक्ने भन्दै ढुङ्गामुढा प्रहार गरेपछि घटनाले उग्ररुप लिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्बियामा जारी आईपीयूको सम्मेलनमा नेपाल भ्रमण वर्षको प्रबर्द्धन
सर्बियामा जारी आईपीयूको सम्मेलनमा नेपाल भ्रमण वर्षको प्रबर्द्धन
विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, अन्यको अवस्था के छ ?
विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, अन्यको अवस्था के छ ?
प्रधानमन्त्री देउवाद्वारा आजै राजीनामा दिने घोषणा, ओली आजै नयाँ प्रधानमन्त्री
प्रधानमन्त्री देउवाद्वारा आजै राजीनामा दिने घोषणा, ओली आजै नयाँ प्रधानमन्त्री
थप दुई दिन लम्बियो कांग्रेस महासमिति बैठक, विधान संसोधन प्रस्ताव भोली मात्रै पेश हुने
थप दुई दिन लम्बियो कांग्रेस महासमिति बैठक, विधान संसोधन प्रस्ताव भोली मात्रै पेश हुने
सीमा विवाद द्विपक्षीय संयन्त्रमार्फत् समाधान गर्न प्रधानमन्त्री देउवाको मोदीसँग आग्रह
सीमा विवाद द्विपक्षीय संयन्त्रमार्फत् समाधान गर्न प्रधानमन्त्री देउवाको मोदीसँग आग्रह
हरेक वर्ष नेपाल आउने गोविन्दा
हरेक वर्ष नेपाल आउने गोविन्दा
नेपाललाई द्वन्द्वमा फसाउने प्रयास जनताले असफल पारेः अध्यक्ष ओली
नेपाललाई द्वन्द्वमा फसाउने प्रयास जनताले असफल पारेः अध्यक्ष ओली
घट्यो सुनको मूल्य
घट्यो सुनको मूल्य
सरकारकाे गियर बदल्दै प्रचण्ड !
कांग्रेसले थाल्यो  प्रदेश नम्बर दुईमा चुनाव प्रचार
कांग्रेसले थाल्यो प्रदेश नम्बर दुईमा चुनाव प्रचार

तपाईंले छुटाउनुभयो कि?