वर्षातका कारण बन्द रहेको मेलम्चीको पानी काठमाडौं

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २७, २०८२
|
|
४० पटक हेरिएको
Shares
वर्षातका कारण बन्द रहेको मेलम्चीको पानी काठमाडौं

सारांश

  • काठमाडौं।
  • वर्षातका कारण बन्द रहेको मेलम्चीको खानेपानी काठमाडौं ल्याइएको छ।
  • वर्षायाममा मेलम्ची नदीमा आउने बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुग्ने भन्दै गत वर्षको असार १० गते बन्द गरिएको पानी मर्मतपश्चात काठमाडौँ ल्याइएको हो।

काठमाडौं। वर्षातका कारण बन्द रहेको मेलम्चीको खानेपानी काठमाडौं ल्याइएको छ। वर्षायाममा मेलम्ची नदीमा आउने बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुग्ने भन्दै गत वर्षको असार १० गते बन्द गरिएको पानी मर्मतपश्चात काठमाडौँ ल्याइएको हो।

वर्षातले क्षति गरेको कही ठाउँमा मर्मतपश्चात अहिले पानी संकलन तथा प्रशोधन केन्द्र सुन्दरीजलमा दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइरहेकोे मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले जानकारी दिए।

उनले भने, “वर्षातले क्षति गरेको ठाउँमा मर्मत गरी र पानीको बहाब कम भएसँगै अहिले हामीले मेलम्चीको पानी काठमाडौँ ल्याउन सफल भएका छौँ । सुन्दरीजलमा दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइरहेको छ।”

काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग रहेको छ । मेलम्ची खानेपानी बन्द गरिएको बेला विभिन्न स्रोतबाट दैनिक १३ देखि १४ करोड लिटर पानी मात्रै उपत्यकामा आपूर्ति हुने गरेको थियो।

दैनिक १७ करोड लिटरभन्दा बढी मेलम्चीको खानेपानी सुन्दरीजलमा पुगेसँगै काठमाडौँ उपत्यकामा उक्त पानी वितरण गर्न सुरु गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोककुमार पौडेलले बताए।

उनले भने, “मेलम्चीबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइपुगेसँगै हामीले पानी वितरण प्रक्रिया सुरु गरेका छौं। विगतमा ६ दिनमा एक दिन मात्रै धारामा आउने पानी आजबाट अब तीन/तीन दिनको फरकमा प्रत्येक घरका धारामा पानी आउँछ।”

विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीपहिरोले आयोजनाको हेडवक्र्स पूर्णरूपले क्षतिग्रस्त भएपछि त्यसयता हिउँदमा मात्र मेलम्चीको पानी उपत्यकामा वितरण हुँदै आएको छ।

बाढीका कारण मेलम्चीको मुहान बन्द गरिएपछि रिबर्मा खोलाबाट दैनिक रुपमा छ देखि सात करोड लिटर पानी स्थान्तरण गरेर काठमाडौंमा वितरण भइरहेको कार्यकारी निर्देशक दासले बताए। उनका अनुसार विसं २०७८ चैत १५ गते पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर काठमाडौँ उपत्यकामा पानी वितरण थालिएको हो। सोही वर्षको असार र साउनमा मेलम्ची तथा इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुर्‍याएपछि काठमाडौँमा हालसम्म बाह्रैमहिना पानी ल्याउन सकिएको छैन।

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Maliyah4567

    Comment Author

    Eric4467

    Comment Author

    Joyce4040

    Comment Author

    Cindy1037

    Comment Author

    Mara3324

    Comment Author

    binance anm”alan

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महाप्रबन्धक सुरेन्द्र पौडेल नियुक्त भएपछि उदयपुर सिमेन्ट उद्योगकाे उत्पादन बढ्याे
महाप्रबन्धक सुरेन्द्र पौडेल नियुक्त भएपछि उदयपुर सिमेन्ट उद्योगकाे उत्पादन बढ्याे
११ औं नेफ्टा अवार्डको तयारिका लागि आयोजक नेपाल प्रस्थान
११ औं नेफ्टा अवार्डको तयारिका लागि आयोजक नेपाल प्रस्थान
प्रहरीले अधिकार दुरुपयोग गरे
प्रहरीले अधिकार दुरुपयोग गरे
ठूलो बाढीको खतरा टरे पनि साना नदीमा जोखिम कायम: तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागको आग्रह
ठूलो बाढीको खतरा टरे पनि साना नदीमा जोखिम कायम: तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागको आग्रह
छुवाछूतविरुद्ध पुरोहित र धामीझाँक्री
छुवाछूतविरुद्ध पुरोहित र धामीझाँक्री
चलायमान बन्दै पर्यटन क्षेत्र : १० लाख विदेशी पर्यटकले गरे नेपाल भ्रमण
चलायमान बन्दै पर्यटन क्षेत्र : १० लाख विदेशी पर्यटकले गरे नेपाल भ्रमण
साफ महिला च्याम्पियनसिपः नेपाललाई स्तब्ध पार्दै बंगलादेशले जित्यो उपाधि
साफ महिला च्याम्पियनसिपः नेपाललाई स्तब्ध पार्दै बंगलादेशले जित्यो उपाधि
काठ आपूर्ति सहज बनाएपछि रोकिँदै काठ तस्करी
काठ आपूर्ति सहज बनाएपछि रोकिँदै काठ तस्करी
पुनर्निर्माण प्राधिकरणबाट हटाइएका ज्ञवाली सर्बोच्चमा
पुनर्निर्माण प्राधिकरणबाट हटाइएका ज्ञवाली सर्बोच्चमा
बस दुर्घटनामा तीनजनाको मृत्यु
बस दुर्घटनामा तीनजनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?