परराष्ट्रमन्त्री र युएसएआइडीका प्रशासकबीच भेटवार्ता, यस्ताे भयाे छलफल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २४, २०७९
|
|
२४ पटक हेरिएको
Shares
परराष्ट्रमन्त्री र युएसएआइडीका प्रशासकबीच भेटवार्ता, यस्ताे भयाे छलफल

सारांश

  • काठमाडौँ ।
  • परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) का प्रशासक सामन्था पावरले भेटवार्ता गरेकी छिन् ।
  • मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल र संयुक्त राज्य अमेरिकाबीचको अभिरुचिका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काठमाडौँ । परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) का प्रशासक सामन्था पावरले भेटवार्ता गरेकी छिन् ।

मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल र संयुक्त राज्य अमेरिकाबीचको अभिरुचिका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटवार्तामा अमेरिकी सहयोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी)कार्यान्वयन, जलवायु परिवर्तन, नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी)बाट स्तरोन्नति गरिएपछि प्रदान गरिने सहयोगलगायतका विषयमा छलफल भएको थियो ।

भेटमा परराष्ट्रमन्त्री पौड्यालले अमेरिकी सरकारले नेपाललाई गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरेकी थिइन् भने प्रशासक पावरले अमेरिकी सरकारका तर्फबाट गरिने सहयोगमा थप वृद्धि गरिने प्रतिबद्धता जाहेर गरेकी थिइन् ।

दुई दिने नेपाल भ्रमणमा आएकी प्रशासक पावरले युएसएआइडीको १९औँ प्रशासकका रूपमा सन् २०२१ को मे ३ तारिखमा पदभार ग्रहण गरेकी हुन् । उनले विश्वका अग्रणी अन्तर्राष्ट्रिय विकास निकाय र यसअन्तर्गत विश्वभर रहेका १० हजारभन्दा धेरै कर्मचारीको नेतृत्व गर्दै आएकी छिन् ।

उनी सन् २०१३ देखि २०१७ सम्म संयुक्त राष्ट्र सङ्घका लागि २८औँ अमेरिकी स्थायी प्रतिनिधिका रूपमा सेवारत थिइन् । प्रशासक पावर सन् २००९ देखि २०१३ सम्म अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्की कर्मचारी भई राष्ट्रपतिका विशेष सहायकका रूपमा र बहुपक्षीय मामिला तथा मानव अधिकारसम्बन्धी वरिष्ठ निर्देशकका रूपमा पनि कार्यरत थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश १ सरकारले ४०करोडको सवारीसाधन किन्ने मुख्यमन्त्री चढ्ने गाडीलाई २ करोड मात्र बजेट
प्रदेश १ सरकारले ४०करोडको सवारीसाधन किन्ने मुख्यमन्त्री चढ्ने गाडीलाई २ करोड मात्र बजेट
स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनमा ट्याक्सीमाण्डुका अर्जुन केसी बिजयी
स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनमा ट्याक्सीमाण्डुका अर्जुन केसी बिजयी
ओलीलाई प्रधानमन्त्री बनाउन माओवादीले माग्यो यी तीन पद
ओलीलाई प्रधानमन्त्री बनाउन माओवादीले माग्यो यी तीन पद
नगरपालिकामा विवाद पछि छानबिन समिति
नगरपालिकामा विवाद पछि छानबिन समिति
महिला सञ्जालद्वारा दाेषीलाई शीघ्र छानबिन गरी कारवाही गर्न माग
महिला सञ्जालद्वारा दाेषीलाई शीघ्र छानबिन गरी कारवाही गर्न माग
शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाखसम्म ऋण,  किसानले लिएका ऋण मिनाहा
शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाखसम्म ऋण, किसानले लिएका ऋण मिनाहा
वामदेव आउने हल्लापछि मनोनित सांसदलाई छुट्टै सिट
वामदेव आउने हल्लापछि मनोनित सांसदलाई छुट्टै सिट
यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
नेकपा एमाले कसैले पालेकाे घरपालुवा कुकुर हाेइन: प्रधानमन्त्री अाेली
ग्लोबल आइएमई बैंकले कृषकलाई सहुलियत ऋण दिने
ग्लोबल आइएमई बैंकले कृषकलाई सहुलियत ऋण दिने

तपाईंले छुटाउनुभयो कि?