चिनियाँ टोलीद्वारा देउवासँग भेट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १४, २०७७
|
|
५५ पटक हेरिएको
Shares
चिनियाँ टोलीद्वारा देउवासँग भेट

सारांश

  • नेपाल भ्रमणमा रहेको उच्च तहको चिनियाँ टोलीले आज विहान नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ ।
  • देउवा निवास बुढानिलकण्ठ पुगेको टोलीले द्विपक्षीय सम्बन्धबारे कुराकानी गरेको छ ।
  • चिनियाँ टोलीले नेपाली काँग्रेस चीनको पुरानो मित्र रहेको बताउँदै चिनियाँ राष्ट्रपति सी जिनपिङको सन्देश पनि सुनाएको थियो ।

नेपाल भ्रमणमा रहेको उच्च तहको चिनियाँ टोलीले आज विहान नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ । देउवा निवास बुढानिलकण्ठ पुगेको टोलीले द्विपक्षीय सम्बन्धबारे कुराकानी गरेको छ ।

चिनियाँ टोलीले नेपाली काँग्रेस चीनको पुरानो मित्र रहेको बताउँदै चिनियाँ राष्ट्रपति सी जिनपिङको सन्देश पनि सुनाएको थियो । चीनले नेपालमा राजनीतिक स्थिरता चाहेको बताएको थियो ।

चिनियाँ टोलीले देउवासँग भेट्दा डा. नारायण खड्का र डा. दिनेश भट्टराई पनि सहभागी थिए । भेटमा चिनियाँ राजदूत होउ यान्छी भने सहभागी भइनन् । यसलाई अर्थपूर्ण मानिएको छ ।

यसअघि चिनियाँ टोलीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो । हिजो विहान नेकपाको प्रचण्ड समूहका अध्यक्षद्वय पुृष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालका अलावा वरिष्ठ नेता झलनाथ खनालसँग छुट्टाछुट्टै भेटवार्ता गरेको थियो ।

चिनियाँ टोलीले जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ येझाऊसहितको छ सदस्यीय टोली आइतबार नेपाल भ्रमणका लागि आएको थियो । चाइना साउर्थन एयरको चाटर्ड विमानमा चिनियाँ टोली चार दिने नेपाल भ्रमणका लागि आएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तराष्ट्रिय उडानको लाइसेन्स खुल्दै
अन्तराष्ट्रिय उडानको लाइसेन्स खुल्दै
सरकारलाई नै थाहा छैन सहकारीको योगदान !
सरकारलाई नै थाहा छैन सहकारीको योगदान !
प्रलोभन देखाएर बालिकालाई बलात्कार गर्ने पक्राउ
प्रलोभन देखाएर बालिकालाई बलात्कार गर्ने पक्राउ
क्यास्पियन सागरः तेल र ग्यासको भण्डार
क्यास्पियन सागरः तेल र ग्यासको भण्डार
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप,हङकङ र नेपालको खेल आज पनि अनिश्चित.
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप,हङकङ र नेपालको खेल आज पनि अनिश्चित.
दुध, अण्डा, मासु र हरियो तरकारीमा नेपाल ‘आत्मनिर्भर’ भएकाे दाबी
दुध, अण्डा, मासु र हरियो तरकारीमा नेपाल ‘आत्मनिर्भर’ भएकाे दाबी
प्रेतात्मालाई शान्त पार्न सल्यानमा बनाइँदैछ यस्तो मन्दिर
प्रेतात्मालाई शान्त पार्न सल्यानमा बनाइँदैछ यस्तो मन्दिर
चुकेनी जलविद्युत्ले कर्णालीको विकासमा कोशेढुङ्गा
चुकेनी जलविद्युत्ले कर्णालीको विकासमा कोशेढुङ्गा
चोरले यस्तो चिज चोर्यो ,चोरलाई लाजै मर्नु भो ,चोरि हुनेलाई दुख लागेन् उल्टै मजा अायो;
चोरले यस्तो चिज चोर्यो ,चोरलाई लाजै मर्नु भो ,चोरि हुनेलाई दुख लागेन् उल्टै मजा अायो;
किन छान्न सकेनन् प्रचण्डले नेकपा स्थायी कमिटिमा माओवादी केन्द्रका तर्फबाट ६ जनाको नाम ?
किन छान्न सकेनन् प्रचण्डले नेकपा स्थायी कमिटिमा माओवादी केन्द्रका तर्फबाट ६ जनाको नाम ?