विस्तारै सम्हालिदै छौ: प्रचण्ड
सारांश
- काठमाडौं, ४ मंसिर।
- पुत्र वियोगमा परेका पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छोराको मृत्युबाट विक्षिप्त बनेकी पत्नि सीता दाहाल विस्तारै सम्हालिदै गएको बताएका छन्।
- समवेदना दिन लाजिम्पाटस्थित निवासमा भेलाहरुलाई सम्बोधन गर्दै उनले परिवारमा ठूलो दुर्घटना भएको र त्यसबाट विस्तारै सम्हालिदै गएको बताए ।
काठमाडौं, ४ मंसिर। पुत्र वियोगमा परेका पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छोराको मृत्युबाट विक्षिप्त बनेकी पत्नि सीता दाहाल विस्तारै सम्हालिदै गएको बताएका छन्।
समवेदना दिन लाजिम्पाटस्थित निवासमा भेलाहरुलाई सम्बोधन गर्दै उनले परिवारमा ठूलो दुर्घटना भएको र त्यसबाट विस्तारै सम्हालिदै गएको बताए ।
‘मेडम(सीता दाहाल) पनि विस्तार नर्मल हुँदै जानु भएको छ। तर नर्लम भैसकेको छैन,’ दाहालले भने, ‘एक्कासी भएको घटनापछि जसरी समवेदन र श्रद्धाञ्जली भयो। त्यसले हामीलाई शक्ति प्रदान गरेको छ ।’
के भने प्रचण्डले पहिलो पटक
तपाईहरुको समावेदनकालागि। स्तब्ध हुने घटना जस्तै भयो। दुर्घटनापछि जे हुन्छ हाम्रो परिवारमा पनि त्यही भयो। यसलाई हामीले दुर्घटना जस्तै मानेका छौं। यत्रो मेडिकल क्षेत्रको विकास भएको छ तर अस्पताल समेत लैजान पाएनौं।
मेडम(सीता दाहाल) पनि विस्तार नर्मल हुँदै जानु भएको छ। तर नर्लम भैसकेको छैन । सबै नै छोराछोरी नै हुन्। देशैभरीले अभिभावक जस्तै भूमिका खोजेको छ। त्यसबाट हामीले धैर्य गर्नुपर्छ भन्ने भएको छ । विस्तारै नर्मल हुदैछ । तर भैसकेको छैन ।
एक्कासी भएको घटनापछि जसरी समवेदन र श्रद्धाञ्जली भयो। त्यसले हामीलाई शक्ति प्रदान गरेको छ । त्यसप्रति परिवार र पार्टीको तर्फबाट सबैलाई धन्यवाद र आभार व्यक्त गर्न चाहान्छु।
पीडा ठूलै छ मैले पार्टीको लिडरको हैसियतले रिअलाइज गर्न सक्छु तर परिवारलाई सम्हाल्न गाह्रो छ। यो घटनाले जस्तो विक्षिप्त ल्याएको छ तपाईहरु सबैको सहयोगले त्यसबाट बाहिर निस्कन शक्ति प्राप्त भएको छ ।
Uddhav Dahal
पर्कास लाई सर्धा सुमन् अब कुनई पनि सपुत् हरुले बलिदान् गर्न नपर्ने खालका समाज पा प्तिका लागि जनबल् का अाधारमा हउसला युक्त साहस् पर्धान हवस् पुस्प कमल दहाल ला ई यहिनई मेरा तर्फ बाट परिबार जनमा सम बेदना उद्धबदाहाल