मोटरसाइकल ठोकिँंदा अमेरिकन नागरिकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १, २०७४
|
|
२७ पटक हेरिएको
Shares
मोटरसाइकल ठोकिँंदा अमेरिकन नागरिकको मृत्यु

सारांश

  • काठमाडौँ, १ मंसिर, काठमाडौँको ज्याठामा पिकअप भ्यानमा मोटरसाइकल ठोकिँंदा एक अमेरिकन नागरिकको मृत्यु भएको छ ।
  • बिहीबार साँझ ५ बजे सडक छेउमा रोकी सामान झारिरहेको बा १४ च ४९९६ नम्बरको पिकअफ भ्यानको ढोकामा बा ५८ प ३७१८ नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकल सबार अमेरिकन नागरिक रोबर्ट ग्रोबरको मृत्यु भएको हो ।
  • गम्भीर घाइते भएका ग्रोबरलाई उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोमा उपचार गर्दागर्दै आज बिहान उहाँको मृत्यु भएको हो ।

काठमाडौँ, १ मंसिर, काठमाडौँको ज्याठामा पिकअप भ्यानमा मोटरसाइकल ठोकिँंदा एक अमेरिकन नागरिकको मृत्यु भएको छ ।

बिहीबार साँझ ५ बजे सडक छेउमा रोकी सामान झारिरहेको बा १४ च ४९९६ नम्बरको पिकअफ भ्यानको ढोकामा बा ५८ प ३७१८ नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकल सबार अमेरिकन नागरिक रोबर्ट ग्रोबरको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका ग्रोबरलाई उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोमा उपचार गर्दागर्दै आज बिहान उहाँको मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न दुवै सवारी साधनका चालक र सवारी साधनलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?