मिस वर्ल्ड २०१८ आज घोषणा हुँदै, श्रृंखला पनि दावेदार
सारांश
- मिस वर्ल्ड २०१८को आज घोषणा हुँदैछ ।
- चिनको सान्या शहरमा जारी प्रतियोगिता अन्तर्गत आज मिस वर्ल्ड घोषणा हुन लागेको हो ।
- प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी मिस नेपाल मिस नेपाल २०१८ श्रृंखला खतिवडालाई पनि दावेदारको रुपमा हेरिएको छ ।
मिस वर्ल्ड २०१८को आज घोषणा हुँदैछ । चिनको सान्या शहरमा जारी प्रतियोगिता अन्तर्गत आज मिस वर्ल्ड घोषणा हुन लागेको हो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी मिस नेपाल मिस नेपाल २०१८ श्रृंखला खतिवडालाई पनि दावेदारको रुपमा हेरिएको छ ।
श्रृंखलाले पनि विश्व सुन्दरीको ताज जित्न आफूले सक्दो प्रयास र मिहेनत गर्ने बताएकी छन् । उनले मिस वर्ल्ड २०१८ को अनलाइन भोटिङमा ३० प्रतिशतभन्दा बढी मत पाएकी छिन् । प्रतियोगिताको मल्टिमिडिया अवार्ड र व्युटी विथ पर्पज प्रतिस्पर्धामा उत्कृष्ट हुँदै उनी प्रतियोगिताको अन्तिम तीसमा छनौट भएकी हुन् ।
नेपाली प्रतियोगीले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा गरेको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शनी भन्दै उनको प्रशंसा पनि भएको छ । उनको समर्थनका लागि बाबु तथा प्रतिनिधि सभा सांसद विरोध खतिवडा सहितको टोली समेत चीन गएको छ । प्रतियोगितामा १ सय २० देशका सुन्दरीहरू प्रतिस्पर्धा गर्दैछन् ।
प्रतिक्रिया