मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा गम्भीर घाइते
सारांश
- काठमाडौं ।
- महोत्तरीको गोशाला भंगाहा नगरपालिका–२ सिंग्याही बजारमा आमा छोरा चढेको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु भएको छ ।
- भंगाहा नगरपालिका–२ बखरी बस्ने ४० वर्षीया लक्ष्मीनियादेवी सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरीले जनाएको छ ।
काठमाडौं । महोत्तरीको गोशाला भंगाहा नगरपालिका–२ सिंग्याही बजारमा आमा छोरा चढेको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु भएको छ ।
भंगाहा नगरपालिका–२ बखरी बस्ने ४० वर्षीया लक्ष्मीनियादेवी सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरीले जनाएको छ । दुर्घटनामा परेर उनका छोरा १६ वर्षीय मनिष सिंह गम्भीर घाइते भएका छन् भने उनको उपचार अञ्चल अस्पताल जनकपुरमा भइरहेको छ ।
शनिबार साँझ बखरीबाट ज८प ५४४५ नंको मोटरसाइकलमा चढेर सिंग्याही बजार गएका बेला बजारमै मोटरसाइकल दुर्घटना हुँदा दुवै आमा छोरा गम्भीर घाइते भएका थिए ।
घाइते दुवैमध्ये बढी गम्भीर आमा लक्ष्मीनियादेवी सिंहलाई उपचार लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया