मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २, २०७५
|
|
२२ पटक हेरिएको
Shares
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

सारांश

  • चरीकोट, २ वैशाख, नयाँ वर्षका अवसरमा शैलुङ घुम्न आएका दुई जनाको मोटरसाइकल दुर्घटनामा परी गए राति घटनास्थलमै मृत्यु भएको छ ।
  • दोलखाको तामाकोशी गाउँपालिका वडा नं १ मा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा चालक रामेछाप, मन्थलीनगरपालिका–१ का १८ वर्षीय सागर श्रेष्ठ र मोटरसाइकलमा सवार सिन्धुपाल्चोक, साँगाचोकगढी नगरपालिका–४ का २५ वर्षीय राजकुमार मोक्तानको मृत्यु भएको हो ।
  • दोलखाको शैलुङ गाउँपालिकाबाट रामेछापतर्फ जाँदै गरेको बा९२प ७२१४ नंको मोटरसाइकल गए राति जिल्लाको तामाकोशी गाउँपालिका–१ भीरकोट, माझीगाउँस्थित मोडमा दुर्घटनामा परेको दोलखा प्रहरीले जनाएको छ ।

चरीकोट, २ वैशाख, नयाँ वर्षका अवसरमा शैलुङ घुम्न आएका दुई जनाको मोटरसाइकल दुर्घटनामा परी गए राति घटनास्थलमै मृत्यु भएको छ ।

दोलखाको तामाकोशी गाउँपालिका वडा नं १ मा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा चालक रामेछाप, मन्थलीनगरपालिका–१ का १८ वर्षीय सागर श्रेष्ठ र मोटरसाइकलमा सवार सिन्धुपाल्चोक, साँगाचोकगढी नगरपालिका–४ का २५ वर्षीय राजकुमार मोक्तानको मृत्यु भएको हो ।

दोलखाको शैलुङ गाउँपालिकाबाट रामेछापतर्फ जाँदै गरेको बा९२प ७२१४ नंको मोटरसाइकल गए राति जिल्लाको तामाकोशी गाउँपालिका–१ भीरकोट, माझीगाउँस्थित मोडमा दुर्घटनामा परेको दोलखा प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी उनीहरुको घटनास्थलमै मृत्यु भएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । प्रहरीका अनुसार नयाँ वर्षमा उनीहरु साथीसँग घुम्न आएको र तीव्र गतिमा मोटरसाइकल दौडाएकाले दुर्घटना भएको हो । मोटरसाइकल सडकबाट करीब १५० मिटर तल खसेको थियो. ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?