अष्ट्रेलियामा दुई नेपालीले यसकारण झुण्डिएर गरे आत्महत्या

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ३२, २०७७
|
|
२४ पटक हेरिएको
Shares
अष्ट्रेलियामा दुई नेपालीले यसकारण झुण्डिएर गरे आत्महत्या

सारांश

  • काठमाडौँ, ३२ साउन ।
  • अष्ट्रेलियामा एकजना नेपाली युवकको आफ्नै निवासको ग्यारेजमा झुण्डिएको अवस्थामा निधन भएको छ ।
  • पाँच वर्षअघि अष्ट्रेलिया पुगेका अमित घिमिरे एडलिट्मा गत आइतबार मृत भेटिएका हुन् ।

काठमाडौँ, ३२ साउन । अष्ट्रेलियामा एकजना नेपाली युवकको आफ्नै निवासको ग्यारेजमा झुण्डिएको अवस्थामा निधन भएको छ । पाँच वर्षअघि अष्ट्रेलिया पुगेका अमित घिमिरे एडलिट्मा गत आइतबार मृत भेटिएका हुन् । उनी फेसबुकलगायतका सामाजिक सञ्जालमा प्रख्यात ट्रोल नेपालसँग ‘सिँगाने’ नामबाट आबद्ध रहेको अष्ट्रेलियामा रहेका नेपालीहरूले बताएका छन् ।

ललितपुरका अमितको शव नेपाल पठाइदिन अनुरोध परिवारले गरेको छ । शव पठाउन महँगो पर्ने भएकाले स्थानीयले फेसबुक पेज मार्फत् आर्थिक सहयोगको लागि अपिल समेत गरेका छन् । शव नेपाल पठाउन घटिमा १५ हजार डलर आवश्यक पर्नेमा २० हजार उठेको स्थानीय नेपालीहरूले बताएका छन् । खर्च भएर बाँकी रहेको रकम मृतकका परिवारलाई पठाइने पनि उनीहरूले जानकारी गराएका छन् । मिलेसम्म भदौ ४ गतेको फ्लाईटमा उनको शव नेपाल पठाउने तयारी गरिएको बताइएको छ ।

काठमाडौंबाट सिड्नी गएका घिमिरे पछि एडलिट् सरेका थिए । उनी पछिल्लो समयमा काठमाडौंस्थित घर परिवारसँग समेत सम्पर्कमा आउन छाडेका थिए । स्थानीय साथीभाइसँग पनि टाढा हुँदै गएका थिए । नजिकका साथी भाईहरूका अनुसार घिमिरे आर्थिक र मानसिक समस्यामा समेत रुमलिँदै गएका थिए । अघिल्लो बिहीबारदेखि हराएका उनले लकडाउनको समयमा सरकारले रोजगार संस्थामा रहेको सञ्चय कोषको रकम झिक्न दिएको सुविधा लिएका थिए । क्रेडिट कार्डमा पनि झण्डै सात हजार डलर खर्च भएको देखिएको बताइन्छ । मस्तीको दुनियाँमा रमाउँदै आएका घिमिरे राम्रै गाडी चढ्ने गरे पनि एक पटक सवारी दुर्घटनामा समेत परेका थिए ।

उता, थापा थरका एकजना युवकले अष्ट्रेलियामा रहेका नेपाली विशेषगरी रूपन्देही वरिपरीकासँग सातलाख डलर उठाएका थिए । कोरोना र लकडाउनबाट अप्ठेरोमा परेका स्थानीयले सापटी दिएको रकम मागेपछि थापा अप्ठेरोमा पर्न थाले । तर उनले सापटी लिएको रकम रमाइलोमा उडाइसकेका थिए । कोरोना र लकडाउन बढ्दै गएपछि पहिले सापटी दिनेहरूलाई पनि आर्थिक अभाव र समस्याले गाँज्दै लगेपछि ‘रकम दिँदैनस् भने फेसबुकमा छरपस्ट पारिदिन्छौं’ भनेर थापालाई धम्काए । एक दुई जनाले ‘फलानोले रकम खायो’ भन्ने आशयले लेखेपछि आफ्नो इज्जतमा धक्का लागेको महशुस गर्दै उनी हडबडाउन थालेका थिए । त्यहि क्रममा सिड्नीको टेम्पे पार्कमा गएर एकाएक रुखमा भुण्डिएर सुर्केनी लगाएको अष्ट्रेलियाका नेपालीहरूले बताएका छन् ।

त्यहाँको कानुनबमोजिम आत्महत्याको समाचार प्रकाशन, प्रशारण र सामाजिक सञ्जालमा उल्लेख गर्न समेत पाईंदैन । त्यस्तो समाचारले अरुलाई समेत मानिसक तनाब बढाउने भएकाले त्यहाँ आत्महत्याको खबरलाई कुनै पनि माध्यमबाट समाजमा सम्प्रेषण गर्न नपाइने कानुनी व्यवस्था छ । तर, औपचारिकताको लागि स्थानीय प्रहरी र प्रशासनले मृतकको नाम, ठेगाना, फोटो र विवरण उल्लेख नगरी उनको बारेमा थाहा हुनेलाई कुनै मानसिक समस्या देखिएमा सहयोगको लागि सम्पर्क राख्न सूचना सार्वजनिक गर्छ ।(जनआस्थाबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यौनसम्पर्क गर्न नपाउँदा श्रीमतीको हत्या गरी आफ्नै लिंग काटे
यौनसम्पर्क गर्न नपाउँदा श्रीमतीको हत्या गरी आफ्नै लिंग काटे
कतार विश्वकप : अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा
कतार विश्वकप : अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा
मानव खप्पर जस्तो देखिने बस्तु सहित पक्राउ
मानव खप्पर जस्तो देखिने बस्तु सहित पक्राउ
राष्ट्रिय जनमोर्चाले देख्यो राजतन्त्र पूनःस्थापना हुने खतरा !
राष्ट्रिय जनमोर्चाले देख्यो राजतन्त्र पूनःस्थापना हुने खतरा !
कोरोना संक्रमित डाक्टरकै परिवार अपहेलित, स्वाब संकलन गर्दा नाम ढाँटे
कोरोना संक्रमित डाक्टरकै परिवार अपहेलित, स्वाब संकलन गर्दा नाम ढाँटे
गृहले १६ जना एसएसपीको नाम डिआइजीका लागि सिफारिस, को को परे नाम सहित
गृहले १६ जना एसएसपीको नाम डिआइजीका लागि सिफारिस, को को परे नाम सहित
कांग्रेसका उम्मेदवार नरोत्तम वैद्यको उम्मेदवारी खारेज हुँदै, गगनलाई धक्का  !
कांग्रेसका उम्मेदवार नरोत्तम वैद्यको उम्मेदवारी खारेज हुँदै, गगनलाई धक्का !
सांसदले कुटे प्रशासकीय अधिकृत
भक्तपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा महिला निर्वाचित
भक्तपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा महिला निर्वाचित
फेसबुकबाट अपशब्द पठाएको भन्दै पूर्व डिएसपीलाई बुहारीले गरिन् उजुरी
फेसबुकबाट अपशब्द पठाएको भन्दै पूर्व डिएसपीलाई बुहारीले गरिन् उजुरी

तपाईंले छुटाउनुभयो कि?