सरकारले फागुन १ देखि बेरोजगार भत्ता दिने, कसले पाउँछन् भत्ता!

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २९, २०७५
|
|
४७ पटक हेरिएको
Shares
सरकारले फागुन १ देखि बेरोजगार भत्ता दिने, कसले पाउँछन् भत्ता!

सारांश

  • काठमाडौं ।
  • सरकारले फागुन १ देखि लागू हुनेगरी बेरोजगारलाई भत्ता दिने प्रधानमन्त्री रोजगार कार्यक्रम सार्वजनिक गरेको छ ।
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ल्याएको कार्यक्रममा एक आर्थिक वर्षमा न्यूनतम सय दिनको रोजगार सरकारले दिन नसके त्यत्ति नै दिनको निर्वाह भत्ता दिने बताएको छ ।

काठमाडौं । सरकारले फागुन १ देखि लागू हुनेगरी बेरोजगारलाई भत्ता दिने प्रधानमन्त्री रोजगार कार्यक्रम सार्वजनिक गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ल्याएको कार्यक्रममा एक आर्थिक वर्षमा न्यूनतम सय दिनको रोजगार सरकारले दिन नसके त्यत्ति नै दिनको निर्वाह भत्ता दिने बताएको छ ।

परिवारका कुनै पनि सदस्य सरकारी, गैरसरकारी, वैदेशिक रोजगारीमा छन् भने र एकमात्र सदस्य बेरोजगार छ भने त्यस्ताले भत्ता पाउँदैनन् । भत्ता पाउन घरपरिवारका कुनै पनि सदस्य रोजगारीमा नभएको हुनुपर्ने प्रावधान छ ।

चालु आर्थिक वर्षमा सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

निर्वाह भत्ता पाउनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिकाअनुसार परिवारको कुनै पनि सदस्य रोजगारमा संलग्न भएको हुनुहुन्न । सामान्य रोजगारीसम्म नपाए, सरकारले तोकेभन्दा कम आम्दानी भएका परिवारमा, परिवारका सबै सदस्य बेरोजगार भएमा भत्ता दिनेछ ।

परिवारका कुनै पनि सदस्य विदेशमा भएमा रोजगारी भएको मानिनछ । चैत मसान्तभित्र बेरोजगार व्यक्तिको सूची तयार गरी निर्वाह भत्ता दिने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताए ।

सूची तयार गरी असार २६ गतेभित्र बैंकमार्फत निर्वाह भत्ता दिने मन्त्री विष्टले बताए ।
न्यूनतम तलबको ५० प्रतिशत भत्ता दिने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?