अस्ट्रेलियामा नेपालीले गरे ८२ वर्षका वृद्धलाई निर्ममतापूर्वक कुटपिट (भिडियाेसहित)

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २३, २०७५
|
|
३१ पटक हेरिएको
Shares
अस्ट्रेलियामा नेपालीले गरे ८२ वर्षका वृद्धलाई निर्ममतापूर्वक कुटपिट (भिडियाेसहित)

सारांश

  • काठमाडौं,२३ भदाै।
  • अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ परेका छन् ।
  • केयरगिभर (घरमा अशक्तलाई सेवा गर्ने नर्स) को काम गर्ने नेपाली प्रकाश पौडेलले एक ८२ वर्षका वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा पक्राउ परेका हुन् ।

काठमाडौं,२३ भदाै। अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ परेका छन् । केयरगिभर (घरमा अशक्तलाई सेवा गर्ने नर्स) को काम गर्ने नेपाली प्रकाश पौडेलले एक ८२ वर्षका वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा पक्राउ परेका हुन् । पौडेललाई तिनै वृद्धको हेरचाह गर्ने कामको लागि राखिएको थियो जसलाई उनले उल्टै निर्ममतापूर्वक कुटपिट गरे ।

ती वृद्धकी छोरीले भिडियो फुटेज सार्वजनिक गर्दै आफ्ना पितामाथि भएको अमानवीय व्यवहारको खुलासा गरेकी हुन् । पौडेललाई सिड्नीको नर्दर्न बिचेज क्षेत्रमा डेभिड नाबुल्सी नामका वृद्धको हेरचाह गर्न खटाइएको थियो । डेभिडकी छोरी आयडा सेलिनले उनलाई पिताको हेरचाह गर्ने जिम्मेवारी दिएकी थिइन् । बेलाबेलामा भेट्न आउने सेलिनले पिताको शरीरमा नीलडामहरु देखेपछि शंका लागेर पिताको कोठामा हिडन क्यामेरा जडान गरेकी थिइन् । सोही क्यामेरामा पौडेलले डेभिडलाई जुत्ताले कुटेको र कपडा तानेर बेडबाट लडाएको रेकर्ड भयो ।

डेभिड एड्भान्स डिमेन्सीयाबाट ग्रस्त थिए यही कारण उनको पूरै हेरबिचार होस् भनी उनलाई परिवारले नर्सको जिम्मामा केयर होममा राखेका थिए । तर, उनको हेरचाहको जिम्मा पाएकै प्रकाश पौडेलबाट उनीहरुको विश्वास तोडिएको हो । डेभिडकी छोरी सेलिनका अनुसार डेभिड आफ्नो पीडा बताउन र कसैलाई बोलाउन सक्ने अवस्थामा पनि थिएनन् । उनले पिताको शरीरमा नीलडाम देखेपछि क्यामेरा जडान गरेको बताइन् ।

प्रकाशले काम गर्ने एजेन्सीले उनलाई जागिरबाट निकालिदिएको छ । तर, यो उनले काम गर्ने एकमात्र ठाउँ भने होइन । उनी ह्वीलर हाइटको अर्को नर्सिङ होममा पनि पार्टटाइम काम गर्छन् । उनलाई नर्सिङ होमबाटै पक्राउ गरिएको छ । भिडियोमा हेर्नुहोस् उनले के गरेका थिए –

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपाका अध्यक्ष कमल थापाले किन गरे गुन्यूचोलीका कुरा ?
राप्रपाका अध्यक्ष कमल थापाले किन गरे गुन्यूचोलीका कुरा ?
सरकारलाई मानवअधिकार आयोगको सिफारिस
सरकारलाई मानवअधिकार आयोगको सिफारिस
सरकारले सबै समस्याको समाधान गर्छ, साना साना कुरामा संसद अवरुद्ध नगरौँः महेश बस्नेत
सरकारले सबै समस्याको समाधान गर्छ, साना साना कुरामा संसद अवरुद्ध नगरौँः महेश बस्नेत
राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान शुरु
राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान शुरु
जापानले नेपाललाई एक अर्ब ८५ कराेड दिने !
छिमेकीले गरेको आर्थिक विकासबाट नेपालले लाभ लिनुपर्छ : प्रचण्ड
छिमेकीले गरेको आर्थिक विकासबाट नेपालले लाभ लिनुपर्छ : प्रचण्ड
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा
सचिवालय बैठकमा प्रधानमन्त्रीको आक्रोस
सचिवालय बैठकमा प्रधानमन्त्रीको आक्रोस
रास्वपा बैठक : गृहमन्त्रालयको विषयमा निर्णय गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिने
रास्वपा बैठक : गृहमन्त्रालयको विषयमा निर्णय गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिने
१८ स्थानीय तह रहेको सप्तरीमा माओवादीको अग्रता शुन्य, कुन तहमा कसको अग्रता ?
१८ स्थानीय तह रहेको सप्तरीमा माओवादीको अग्रता शुन्य, कुन तहमा कसको अग्रता ?

तपाईंले छुटाउनुभयो कि?