रेशम चौधरीको मुद्धाको सुनुवाइ आज

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २२, २०७९
|
|
१९ पटक हेरिएको
Shares
रेशम चौधरीको मुद्धाको सुनुवाइ आज

सारांश

  • काठमाडौं ।
  • कैलालीको टिकापुरमा मानव हत्याको आरोप लागेर कारागारमा रहेका रेशम चौधरीको मुद्धाको सुनुवाइ आज तोकिएको छ ।
  • नागरिक उन्मुक्ती पार्टीका संरक्षकसमेत रहेका चौधरीले आफूविरुद्ध जन्मकैदको फैसला खारेज हुनुपर्ने माग राखी दायर गरेको मुद्दाको आज पेशी तोकिएको हो ।

काठमाडौं । कैलालीको टिकापुरमा मानव हत्याको आरोप लागेर कारागारमा रहेका रेशम चौधरीको मुद्धाको सुनुवाइ आज तोकिएको छ । नागरिक उन्मुक्ती पार्टीका संरक्षकसमेत रहेका चौधरीले आफूविरुद्ध जन्मकैदको फैसला खारेज हुनुपर्ने माग राखी दायर गरेको मुद्दाको आज पेशी तोकिएको हो ।

न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा. मनोजकुमार शर्माको इजलासमा रेशम सहित १२ जनाको मुद्दा सुनुवाइका लागि पेशी तोकिएको छ ।

७ भदौं २०७२ मा कैलालीको टीकापुरमा थारुवान आन्दोलनका क्रममा एक नाबालक सहित ८ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो । उच्च अदालतबाट समेत टुंगिएर सर्वोच्च आइपुगेको त्यही मुद्दा आइतबार सुनुवाइका लागि पेशी तोकिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?