परम्परागत खेती छाडेर कफी खेतीमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १७, २०८०
|
|
२० पटक हेरिएको
Shares
परम्परागत खेती छाडेर कफी खेतीमा

सारांश

  • काठमाडौँ ।
  • गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका किसान परम्परागत खेती छाडेर कफी खेतीमा आकर्षित भएका छन् ।
  • बाँदर, बँदेललगायत जङ्गली जनावरबाट परम्परागत खेती जोगाउन सास्ती हुन थालेपछि यहाँका किसान पछिल्लो समय कफी खेतीमा लागेका हुन् ।

काठमाडौँ । गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका किसान परम्परागत खेती छाडेर कफी खेतीमा आकर्षित भएका छन् । बाँदर, बँदेललगायत जङ्गली जनावरबाट परम्परागत खेती जोगाउन सास्ती हुन थालेपछि यहाँका किसान पछिल्लो समय कफी खेतीमा लागेका हुन् ।

तीन वर्ष अगाडिसम्म यहाँ मकै, कोदो, गहुँ र फाँपर खेती मात्रै हुने गर्दथ्यो । बाँँदरले सबै खेतीलाई हानी पुर्‍याउन थालेपछि परम्परागत खेतीपाती छाडेर कफी खेती गर्न बाध्य भएको यहाँका किसानको भनाइ छ ।

सिर्सेनीका जितबहादुर अर्यालले आफ्नो सबै खेतबारीमा अहिले कफी खेती सुरु गरेका छन् । “मकै र कोदो खेती गर्दा बाँदरले हैरानी दियो”, उनले भने, “कफी खेतीमा लागेपछि ढुक्क भएको छ ।” उनले तीन वर्षको अवधीमा सबै खेतबारीमा कफी खेती विस्तार गरेका छन् ।

सोही ठाउँकी दमन्ता अर्यालले पनि मकै र कोदो मात्रै खेती हुने ठाउँमा अहिले कफी खेती गरेका छन् । “छोराछोरी अध्ययनको लागि सहर छिरेपछि श्रीमान् श्रीमतीले मात्रै मकै र कोदोको खेती जोगाउन सकेनौँ”, उनले भने, “कफी खेती सुरु गरेपछि दैनिक हेरचाह गरेमात्र पुग्छ ।” अहिले सबै खेतबारीमा कफीका बिरुवा रोपेको उनले बताए ।

मेघराज अर्यालले परम्परागत खेतीभन्दा कफी खेती निकै सहज भएको बताए । “कफीबाट आर्थीक आम्दानी राम्रै हुन्छ भन्ने आशा छ”, उनले भने, “हामीले मकै, कोदो र गहुँ खेती छाडेर कफी खेतीमा लाग्यौँ ।” आर्थिक आम्दानीको तुलनामा परम्परागत कृषि भन्दा आधुनिक कृषि बढी लाभदायी हुने उनको भनाइ थियो ।

सिर्सेनीका ४५ किसान अहिले कफी खेतीमा आवद्ध छन् । यहाँको कुल एक सय ५० रोपनी क्षेत्रफल जग्गामा १५ हजार कफीका बिरुवा लगाइएको छ । किसानलाई कफी खेतीका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ गुल्मीले सहजीकरण गरिरहेको परियोजनाका सहजकर्ता प्रेम अर्यालले बताए । उनका अनुसार उक्त परियोजनान्तर्गत सिर्सेनी प्राङ्गारिक कफी कृषि पाठशाला १५ हप्तासम्म कफी पाठशाला कार्यक्रम सञ्चालन गरेर प्रशिक्षण प्रदान गरिएको थियो ।

परियोजना प्रमुख गङ्गाकुमारी पोखरेलले कफी खेतीमा किसानलाई आकर्षित गरिएको बताए । “कफी खेतीसम्बन्धी जानकारी दिनुका साथै आधुनिकताका बारेमा सचेतना गराएका छौँ”, उनले भने, “कफीमा पछिल्लो समय किसानको आकर्षण बढ्दो छ ।”

गुल्मीस्थित कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले ग्रामीण भेगमा कफी किसान उत्पादनमा अग्रसर भएको बताए । “कफीको उत्पादनमा मात्रै समस्या हो, बजारीकरणको समस्या छैन”, उनले भने, “सिर्सेनीका किसानको सक्रियताले कफीमा आशा जगाएको छ ।” प्रमुख भण्डारीले पाठशालामार्फत सिकेका कुरा कार्यान्वयन गर्नुपर्ने भन्दै यसबाट कफी खेतीलाई विस्तार गर्न सहयोग पुग्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अवार्डको प्रलोभन देखाउँदै महिला कलाकारमाथि आयोजक संस्थाका महासचिवको गिद्दे नजर
अवार्डको प्रलोभन देखाउँदै महिला कलाकारमाथि आयोजक संस्थाका महासचिवको गिद्दे नजर
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा कारण देखाऊ आदेश
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा कारण देखाऊ आदेश
मासुको गुणस्तर कायम गर्न दश पसललाई अनुदान
मासुको गुणस्तर कायम गर्न दश पसललाई अनुदान
अध्यक्ष प्रचण्डले किन गरे अमेरिकी राजदूतको प्रशंसा ?
अध्यक्ष प्रचण्डले किन गरे अमेरिकी राजदूतको प्रशंसा ?
‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ मङ्गलबार हुने
‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ मङ्गलबार हुने
सांसद त्रिपाठी मन्त्री अधिकारीको पक्षमा, प्रतिवेदन ‘डस्टबिन’ मा फाल्ने !
सांसद त्रिपाठी मन्त्री अधिकारीको पक्षमा, प्रतिवेदन ‘डस्टबिन’ मा फाल्ने !
विश्वविख्यात कलाकारका अचम्मका बानी, खुट्टा हल्लाउनेदेखि ट्वाइलेटमै….
विश्वविख्यात कलाकारका अचम्मका बानी, खुट्टा हल्लाउनेदेखि ट्वाइलेटमै….
मल ल्याउने ठेक्का पाएका प्रचण्डका घरबेटी सहितको दुई कम्पनीको धरौटी जफत
मल ल्याउने ठेक्का पाएका प्रचण्डका घरबेटी सहितको दुई कम्पनीको धरौटी जफत
चर्चित हिरोइनको पकेट मार्ने धन्दा
चर्चित हिरोइनको पकेट मार्ने धन्दा
सरकारविरुद्ध कांग्रेसको मोर्चाबन्दीको प्रयास
सरकारविरुद्ध कांग्रेसको मोर्चाबन्दीको प्रयास

तपाईंले छुटाउनुभयो कि?