मोदीको प्रस्तावमा इमरान खानको जवाफको प्रतिक्षा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ३०, २०७६
|
|
२६ पटक हेरिएको
Shares
मोदीको प्रस्तावमा इमरान खानको जवाफको प्रतिक्षा

सारांश

  • काठमाडौं, ३० फागुन ।
  • कोरोना भाइरसविरुद्ध सर्क राष्ट्रहरु मिलेर रणनीति बनाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावप्रति सार्कका अधिकांश देशका नेताहरुले स्वागत गर्दै जवाफ दिइसकेका छन् ।
  • नेपाल, श्रीलंका, भुटान र मालदिभ्सका नेताहरुको जवाफ आइसकेको छ ।

काठमाडौं, ३० फागुन । कोरोना भाइरसविरुद्ध सर्क राष्ट्रहरु मिलेर रणनीति बनाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावप्रति सार्कका अधिकांश देशका नेताहरुले स्वागत गर्दै जवाफ दिइसकेका छन् । नेपाल, श्रीलंका, भुटान र मालदिभ्सका नेताहरुको जवाफ आइसकेको छ ।

अब सबैको प्रतिक्षा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको जवाफमा छ । सार्क निष्कृय भएको र शिखर सम्मेलन आवधिक रुपमा नभइरहेको अवस्थामा मोदीको सार्क राष्ट्रका नेताहरुको भिडियो कन्फेरेन्स गर्नेसम्मको धारणा सार्वजनिक भएको हो । यसपछि पाकिस्तानी नेता खानले के जवाफ दिन्छन् या दिदैनन् प्रतिक्षाको विषय बनेको छ ।भारत र पाकिस्तान क्षेत्रीय शक्ति भएको र यी दुई देशबीच टकराव हुने गरेको छ । अहिले दुवै देशबीचको सम्बन्ध स्थिर छ । विगतमा सम्बन्ध निकै चिसिएको र नेताहरु एक अर्कासँग भेटघाट नगरेको लामो समय भइसकेको छ । काश्मिरको विषयले दुवै देशबीच टकराव छ ।

अहिले प्रकोपले विश्वलाई समस्यामा पारिरहेको अवस्थामा मोदी र खान भिडियो कन्फरेन्समै भएपनि नजिक आउने अवस्था बनेको छ । मोदीले प्रकोपसँग लड्न बलियो रणनीति बनाऔं भनेका छन् । खानले के भन्लान् ? प्रतिक्षा बनेको छ ।

(https://www.riverbendresort.us)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?