मोदीविरुद्ध वारणसीबाट किन उम्मेदवार बनिनन् प्रियंका?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १२, २०७६
|
|
१८ पटक हेरिएको
Shares
मोदीविरुद्ध वारणसीबाट किन उम्मेदवार बनिनन् प्रियंका?

सारांश

  • काठमाडौं।
  • भारतमा लोकसभाको निवर्चाचन चलिरहेको छ।
  • तीन चरणको मतदान भइसकेको छ।
काठमाडौं। भारतमा लोकसभाको निवर्चाचन चलिरहेको छ। तीन चरणको मतदान भइसकेको छ। अब बाँकी ४ चरणको मतदान हुँदैछ। 
भारतीय चुनावमा यो पटक प्रधानमन्त्री नरेन्द्र मोदीपछि सबैभन्दा चर्चित र मिडिया कभरेज पाएकी नेत्री हुन् प्रियंका गान्धी। गएको जनवरीमा काँग्रेस आईकी महासचिव बनेर गान्धी–नेहरु परिवारकी तेस्री महिला नेत्री बन्दै उनी राजनीतिमा आएसँगै भारतीय सञ्चार माध्यमका खुराक बनिरहेकी छन्। चुनावको यो मध्यभाग पनि प्रियंका दैनिक समाचारको प्रमुख विषय (न्यूज मेकर) बनिररहेकी छन्। 
अझ प्रधानमन्त्री नरेन्द्र मोदीलाई वारणसीबाट चुनावी मैदानमै प्रियंकाले टक्कर दिने चर्चाले भारतीय बजारलाई निकै ततायो। यद्यपी ग्रिष्म ऋतु लागेसँगै भारत त्यसै पनि तात्छ। 
२०१४ मा भएको लोकसभा निर्वाचनमा वारणसीबाट करिब साढे तीन लाख मतान्तरमा चुनाव जितेर मोदी प्रधानमन्त्री बने। उनै मोदीलाई वारणसीमै प्रियंकाले टक्कर दिने चर्चाले भारतीय राजनीतिमा तरंग ल्याएको  थियो। तर, बिहीबार वारणसीबाट प्रियंकाको चुनाव लड्ने विषयमा पूर्ण विराम त्यति बेला लाग्यो जब काँग्रेसले यस अघिकै उम्मेदवार अजय रायलाई उम्मेदवार बनाउने घोषणा गर्यो। 
प्रियंका गान्धी आफैंले पटक पटक पार्टीले निर्णय गरे वारणसीबाटै उम्मेदवार बन्ने बताउँदै आएकी थिइन्। तर, आफ्नै दाइ पार्टी अध्यक्ष र आफ्नै आमा पार्टीकी सर्वोच्च नेता रहेको बेला प्रियंकाले किन टिकट पाइनन्? प्रश्न उब्जिएको छ।  प्रियंकाले चुनाव लड्नुको पछाडि ‘राजनीतिक संस्कार’ भनिएको छ। काँग्रेसले विपक्षीका ठूला नेतालाई पराजित नगर्ने नीतिअनुसार प्रियंकालाई उम्मेदवार नबनाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। 
पार्टी अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीबीच वारणसी निर्वाचन क्षेत्रबारे भएको छलफलमा मोदीलाई पराजित गर्ने नीति काँग्रेसले नलिने बताएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। प्रियंकाले भने मोदीलाई वाणरसीमै टक्कर दिने तयारी गरेकी थिइन्। जवाफमा राहुलले भीमराव अम्बेडकर र अटल विहारी बाजपेयीलाई काँग्रेसले कहिल्यै पनि पराजित गर्ने नीति नलिएको बताएका थिए। प्रियंकाले भने मोदी अम्बेडकर र बाजपेयी जस्तो नेता नरहेको भन्दै उनलाई चुनावी मैदानमा टक्कर दिनुपर्ने बताएकी थिइन्। उनले मोदीले काँग्रेस मुक्त भारतको नारा दिएको र धु्रविकरण गराएको भन्दै उनलाई पराजित गर्नुपर्ने तर्क गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। जवाफमा राहुलले मोदीले गरेजस्तै काँग्रेसले नगर्ने भन्दै काँग्रेसले सहअस्तित्वको राजनीति गर्ने बताएका थिए। 
प्रियंकालाई उम्मेदवार नबनाउनुको पछाडि काँग्रेसको अर्को रणनीति पनि छ। त्यो हो, प्रियंकालाई सम्भावित चुनावी हारको जिम्मेवारीबाट जोगाउने। हुन पनि मोदीसँग उनी वारणसीमा पराजित भए राजनीतिको पहिलो कदममै असफलता पाउन सक्ने सम्भावना थियो। काँग्रेसले प्रियंकालाई उत्तर प्रदेशको रानीतिमा लोकसभा निर्वाचनका लागि भन्दा पनि आगामी विधानसभा निर्वाचनका लागि उतारेको विश्लेषण गरिएको छ। 
आईपीएलका ७५ प्रतिशत खेल सकिँदा बने यस्ता रेकर्ड 
काठमाडौं । भारतमा जारी इण्डियन प्रीमियर लीग (आईपीएल)का ७५ प्रतिशत खेल समाप्त भएका छन् । अब बाँकी २५ खेल छन् । आईपीएलले दुई तिहाई यात्रा गर्दा ब्याट र बलबाट धेरै रेकर्डहरु बनेका छन् । बुधबार साँझ भएको आईपीएल १२ को ४२ औं खेल थियो । 
हालसम्म लीग खेलिरहेका ८ टिमले ४७१ विकेट गुमाएर १३८४६ रन बनाएका छन् । यी मध्ये ८७८ रन वा ६.१७ प्रतिशत रन १९ औं ओभरमा बनेका थिए । यस्तै सबैभन्दा धेरै ५१ वा १०.८२ प्रतिशत विकेट १८ औं ओभरमा खसेका छन् । 
लीगमा सबैभन्दा थोरै रन पहिलो ओभरमा बने । हालसम्म ८२ इनिंग्स खेलिएको छ । यसमा हरेक इनिंगको पहिलो ओभरमा ६.०६ को औसतमा जम्मा ५०९ रन बनेका छन् । 
बलिंग गर्ने टिमका लागि २० औं ओभर सबैभन्दा महँगो रहे । २० औं ओभरमा हालसम्म बनेका रन मध्ये ७.७ प्रतिशत वा १०७२ रन बनेका छन् । 
ब्याट्सम्यानहरुले १३८४६ रन मध्ये ८०३४ रन चौका र छक्काको सहयोगमा बनाएका छन् । यस मध्ये ३२३४ रन छक्का र ४८०० रन चौकाको सहयोगमा बनेका छन् । हालसम्म ५३९ छक्का र १२०० चौका प्रहार भएका छन् । 
सबैभन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यानको सूचीको शीर्षमा आन्द्रे रसेल छन् । उनले १० खेलमा ४१ छक्का प्रहार गरेका छन् । ३९२ रन बनाएका उनले २३ चौका पनि प्रहार गरेका छन् । 
बाउण्ड्रीबाट सबैभन्दा धेरै रन बनाउनेको सीमा शीर्ष स्थानमा क्रिस गेल छन् ।  उनले हालसम्म ४४४ रन बनाएका छन् । यसमध्ये उनले बाउण्ड्रीबाट ३५२ रन बनाएका छन् । उनले ४० चौका र ३२ छक्का प्रहार गरेका छन् । 
यो सिजनमा हालसम्म ७६ अर्धशतक लागेका छन् । यी मध्ये २४ वा करिब २५ प्रतशित अर्धसतक टप–५ स्कोररले लगाएका छन् । सनराईजर्स हैदरावादका डेबिड वार्नर टप स्कोररको शीर्ष स्थानमा छन् । उनले ५७४ रन बनाएका छन् र ७ अर्धशतक बनाएका छन् । जारी आईपीएलका टप विकेट टेकरको शीर्ष स्थानमा दिल्ली क्यापिटल्सका कागिसो राबाडा छन् । उनले २३ विकेट लिइसकेका छन् । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?