युएईले कुवेतलाई जितको लागि ३७२ रनको लक्ष्य दियो

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ६, २०८०
|
|
२९ पटक हेरिएको
Shares
युएईले कुवेतलाई जितको लागि ३७२ रनको लक्ष्य दियो

सारांश

  • काठमाडौँ ।
  • एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो पहिलो खेलमा युएईले कुवेतलाई जितको लागि ३७२ रनको लक्ष्य दिएको छ ।
  • कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३७१ रनको योफगल बनाएको हो ।

काठमाडौँ । एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो पहिलो खेलमा युएईले कुवेतलाई जितको लागि ३७२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३७१ रनको योफगल बनाएको हो । युएईका लागि वृत्य अरविन्द र रोेहन मुस्ताफाले शतक प्रहार गरे । अरविन्दले एक सय ४७ बलमा १७ चौका र ९ छक्काको मद्दतमा सर्वाधिक १८५ रन बनाए

त्यस्तै मुस्ताफाले एक सय २५ बलमा १० चौका र चार छक्काको मद्दतमा ११८ रन बनाए । आसिफ खानले ३० रन जोडे । कुवेतका लागि शाहरुख क्युदुस प्रविन्द्र कुमारले दुई विकेट लिए भने यासिन पटेल र सायद मोनिबले समान एक एक विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?