नारायणकाजी श्रेष्ठले पार्टी प्रवक्ता पदबाट राजीनामा दिएका छैनन्: प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २२, २०७५
|
|
५० पटक हेरिएको
Shares

सारांश

  • वीरगंज, २२ साउन ।
  •   नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नारायणकाजी श्रेष्ठले पार्टी प्रवक्ता पदबाट राजीनामा नदिएको बताएका छन् ।
  • मंगलबार वीरगंजमा सञ्चारकर्मीहरुसित कुरा गर्दै प्रचण्डले पार्टी भित्र कुनै विवाद नभएको बताए ।

वीरगंज, २२ साउन ।  नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नारायणकाजी श्रेष्ठले पार्टी प्रवक्ता पदबाट राजीनामा नदिएको बताएका छन् । मंगलबार वीरगंजमा सञ्चारकर्मीहरुसित कुरा गर्दै प्रचण्डले पार्टी भित्र कुनै विवाद नभएको बताए । नारायणकाजी श्रेष्ठ तपाईँहरुसित बिच्किएर हिँड्नुभयो नि भन्ने सञ्चारकमीृहरुको प्रश्‍नको जवाफमा उनले भने, कहाँ हिँड्नुभा छ ? कहीँ हिँड्नुभा छैन । त्यही हुनुहुन्छ र कहीँ हिँड्नु हुन्न उहाँ । बिच्किनुभा छैन, बेकारमा त्यो अनावश्यक कुराको चर्चा गर्नु नै बेकार छ’, उनले थपे, ‘पार्टी मै हुनुहुन्छ त उहाँ प्रवक्तै हुनुहुन्छ अहिले पनि उहाँ । त्यसकारण यो त्यस्तो विवाद हैन ।’

साथै  प्रचण्डले केन्द्रदेखि स्थानीय तहसम्म भदौको पहिलो साताभित्र एक भइसक्ने बताएका छन् ।अध्यक्ष प्रचण्डले २५ गतेसम्म तलबाट सुझाब मागेको र सोही सुझाबका आधारमा भदौ ५ गतेसम्म पार्टीको स्थानीय तहसम्म एकता भइसक्ने बताए । प्रचण्डले केहि दिनमै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस हुने बताए । ‘भोलि वा पर्सी परिषदबाट सिफारिस हुन्छ’ उनले भने । प्रचण्डले रिक्त रहेका संवैधानिक निकायमा पदपूिर्त गर्ने बारेमा प्रधानमन्त्रीसँग छलफल भएको स्पष्ट पारे ।

उनले भने, ‘संविधानले व्यवस्था गरेअनुसार अरु संवैधानिक आयोगहरु पनि निर्माण गर्ने बारेमा छलफल भएको छ । प्रधानमन्त्रीले त्यसलाई चाँडै नै पूर्णता दिनुहुन्छ ।’ उनले न्यायालयको नेतृत्व खाली नहुने बताउँँदै संसदीय समितिमा पर्ने उजुरी र उसले गर्ने सुनुवाइ नै मुख्य कुरा भएको बताए ।

‘हामीले संसदीय सुनुवाइ समितिको व्यवस्था राखेको संसदको सर्वोच्चतालाई स्थापित गर्ने उद्देश्यले हो । त्यसकारण त्यहाँ पर्ने उजुरी र त्यसमा सांसदहरुले गर्ने छानबिनमा भर पर्छ,’ उनले भने, ‘संवैधानिक परिषदबाट सिफारिस भएपछि संसदले त्यसलाई अनुमोदन गर्नैपथ्र्यो भन्ने एउटा बहस छ भने अर्को संसदको सर्वोच्चता स्थापित गर्नका लागि सुनुवाइ समितिमा परेका उजुरीमाथि स्वतन्त्रतापूर्वक सांसदले छानबिन गर्न पाउनुपर्छ भन्ने बहस छ । हामीले संसदको सर्वोच्चतालाई महत्व दियौँ र स्थापित गर्यौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागार्जुनको बजेट सार्वजनिक…
सिमकार्ड हराएमा र बिग्रिएमा स्वयं उपस्थित भई सिम कार्ड प्राप्त गर्न अनुरोध
सिमकार्ड हराएमा र बिग्रिएमा स्वयं उपस्थित भई सिम कार्ड प्राप्त गर्न अनुरोध
एमाले–माओवादी केन्द्रको कुरा मिल्यो : यस्तो छ दुई अध्यक्षबीचको ७ बुँदे सहमति
एमाले–माओवादी केन्द्रको कुरा मिल्यो : यस्तो छ दुई अध्यक्षबीचको ७ बुँदे सहमति
हलिवुड निर्माता हार्भी वाइन्सटिन  बलात्कार र यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर
हलिवुड निर्माता हार्भी वाइन्सटिन बलात्कार र यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर
२०० शैयाको किड्नी अस्पताल बनाउने तयारीमा सुमेरु
२०० शैयाको किड्नी अस्पताल बनाउने तयारीमा सुमेरु
समाजवादलाई आत्मसात् गर्ने खालको बजेट ल्याउन सरकारलाई सुझाव
समाजवादलाई आत्मसात् गर्ने खालको बजेट ल्याउन सरकारलाई सुझाव
नेपाल र अफगानिस्तान प्रतिष्ठाका लागि भिड्ने
नेपाल र अफगानिस्तान प्रतिष्ठाका लागि भिड्ने
बामदेव गौतमलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी
बामदेव गौतमलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी
प्रचारप्रसार अभावमा ओझेलमा परेको पर्यटकीयस्थल ‘टापुधाम’
प्रचारप्रसार अभावमा ओझेलमा परेको पर्यटकीयस्थल ‘टापुधाम’
प्राचीन काठमाडौँ उपत्यकासँग बौद्ध धर्म र संस्कारको यस्तो सम्बन्ध
प्राचीन काठमाडौँ उपत्यकासँग बौद्ध धर्म र संस्कारको यस्तो सम्बन्ध