विकास र समृद्धिका लागि राजनीतिक शक्ति एक हुुनुपर्ने : अध्यक्ष प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १, २०७५
|
|
१७ पटक हेरिएको
Shares
विकास र समृद्धिका लागि राजनीतिक शक्ति एक हुुनुपर्ने : अध्यक्ष प्रचण्ड

सारांश

  • बेझाड (पाल्पा), १ पुस, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक शक्ति एक भएर लाग्नुपर्ने बताउनुभएको छ ।
  • मुलुक देश शान्ति र समृद्धिको सङ्कल्पका साथ अगाडि बढेको बताउँदै समृद्धिका लागि सबै राजनीतिक दल एकजुट भएर लाग्नुपर्ने समय आएको उहाँको भनाइ थियो ।
  • पाल्पाको रामपुरमा आज रामतुलसी माविको स्वर्ण जयन्तीको उद्घाटन गर्नुहुदै अध्यक्ष प्रचण्डले सो माविमा आङ्गिक कृषि कलेज स्थापना गर्न सहयोग गर्ने बताउनुभयो ।

बेझाड (पाल्पा), १ पुस, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक शक्ति एक भएर लाग्नुपर्ने बताउनुभएको छ । मुलुक देश शान्ति र समृद्धिको सङ्कल्पका साथ अगाडि बढेको बताउँदै समृद्धिका लागि सबै राजनीतिक दल एकजुट भएर लाग्नुपर्ने समय आएको उहाँको भनाइ थियो ।

पाल्पाको रामपुरमा आज रामतुलसी माविको स्वर्ण जयन्तीको उद्घाटन गर्नुहुदै अध्यक्ष प्रचण्डले सो माविमा आङ्गिक कृषि कलेज स्थापना गर्न सहयोग गर्ने बताउनुभयो । उहाँले यस विद्यालयमा सबैको माग आङ्गिक कलेज स्थापना गर्ने भएको हँुदा आफूले सहयोग गर्ने बचन दिनुभयो ।

अध्यक्ष प्रचण्डले पाल्पा र स्याङ्जा जोड्ने कालीगण्डकीमा पक्की पुल निर्माणका लागि बोलपत्र आह्वान भएपनि उपयुक्त ढाँचाका कारण रोकिएको हँुदा पुल पुनःनिर्माणका लागि तीव्रता दिने बताउनुभयो । उहाँले देश शान्ति र समृद्धितर्फ अगाडि बढेको बताउँदै वर्तमान सरकारले निकै प्रभावकारी काम गरेको बताउनुभयो ।

देशमा शान्ति ल्याउन एक दशक समय लागेको र अब देशको समृद्धि र विकासमा पनि एक दशक समय बिताउने उहाँको भनाइ थियो । रामपुरले सिङ्गो नमूना शहरका रुपमा विकास हुने प्रशस्त सम्भावना बोकेको उहाँको भनाइ थियो ।

कार्यक्रममा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको काम अगाडि बढिरहेकाले यसको कालोपत्रेका लागि तीव्रता दिने बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले रामपुरको विकास र आवश्यकताबारे जानकारी गराउनुभएको थियो ।

पूर्वी पाल्पाकै ठूलो र धेरैलाई शिक्षा प्रदान गरेको यस विद्यालयमा उच्च शिक्षातर्फ व्यवस्थापन, विज्ञान तथा तीनवर्षे कृषि बाली विज्ञान कक्षा सञ्चालन भइरहेको छ । यस विद्यालयमा झण्डै दुई हजारको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वृद्धभत्ता बढाउनकै लागि पनि एउटा व्यवस्था त गर्न पर्छ: प्रचण्ड
वृद्धभत्ता बढाउनकै लागि पनि एउटा व्यवस्था त गर्न पर्छ: प्रचण्ड
यशोदा खालिङ्ग राईको ‘आउछौ तिमी’ बोलको म्युजिक भिडियो सार्वजनिक
यशोदा खालिङ्ग राईको ‘आउछौ तिमी’ बोलको म्युजिक भिडियो सार्वजनिक
नेप्से परिसूचक लगातार तेस्रो दिन पनि घट्यो
नेप्से परिसूचक लगातार तेस्रो दिन पनि घट्यो
राजविराज घटना देशलाई बन्धक बनाउने सुनियोजित षडयन्त्र होः एमाले
राजविराज घटना देशलाई बन्धक बनाउने सुनियोजित षडयन्त्र होः एमाले
बैशाख १७ गते बुधबारको राशिफल यस्तो छ
बैशाख १७ गते बुधबारको राशिफल यस्तो छ
समयमै काम सम्पन्न गर्न मन्त्री पाण्डेको निर्देशन
समयमै काम सम्पन्न गर्न मन्त्री पाण्डेको निर्देशन
युएई जेलमा रहेका पत्रकार रिहाइका लागि पत्रकार महासंघका वैदेशिक शाखाहरूको माग
युएई जेलमा रहेका पत्रकार रिहाइका लागि पत्रकार महासंघका वैदेशिक शाखाहरूको माग
डा कोइराला भन्छन् : श्रमिकका माग सम्बोधन गर्न श्रम आयोग बनाउनुपर्छ
डा कोइराला भन्छन् : श्रमिकका माग सम्बोधन गर्न श्रम आयोग बनाउनुपर्छ
राष्ट्रपतिले अध्यादेश स्विकृत गर्ने दिन कुरिरहेका छौं : सरकार
राष्ट्रपतिले अध्यादेश स्विकृत गर्ने दिन कुरिरहेका छौं : सरकार
काठमाडौँमा विहानै विष्फोट, एक महिला घाइते
काठमाडौँमा विहानै विष्फोट, एक महिला घाइते

तपाईंले छुटाउनुभयो कि?