पैसाको विकल्प के ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २२, २०७४
|
|
५३ पटक हेरिएको
Shares
पैसाको विकल्प के ?

सारांश

  • असिम काभ्रेली विश्वमा मौलाएको भ्रष्टाचार,कालोबजारी, गैरकानुनी क्रियाकलाप र आतंकवादलाइ निस्तेज पार्नको लागि र बिश्व अर्थब्यबस्था समुन्नत बनाउदै हरेक देशका नागरिक हरुको जनजीवन सहज, समुन्नत र व्यवस्थित बनाउन प्रविधिको उच्चतम प्रयोगको आवश्यकता लाई सायदै कसैले नकार्ला।
  • समयको क्रम सङ्गै अनेकन उपलब्धिमुलक प्रविधिको आविष्कार र प्रयोग पनि हुँदै आइ रहेको भए पनि मान्छेको चेतना स्तर अनुरुपको उपलब्धि नभएको महसुस हुन जान्छ।
  • अनेकन विषयहरुमा प्रविधिको प्रयोग हुने भएपनि आज बिश्वमा पैसा शब्दले पुर्‍याएको असरलाइ कम गर्न सक्ने प्राविधिक विकल्पहरुको बारेमा आफ्नो धारण राख्दैछु।

असिम काभ्रेली

विश्वमा मौलाएको भ्रष्टाचार,कालोबजारी, गैरकानुनी क्रियाकलाप र आतंकवादलाइ निस्तेज पार्नको लागि र बिश्व अर्थब्यबस्था समुन्नत बनाउदै हरेक देशका नागरिक हरुको जनजीवन सहज, समुन्नत र व्यवस्थित बनाउन प्रविधिको उच्चतम प्रयोगको आवश्यकता लाई सायदै कसैले नकार्ला।

समयको क्रम सङ्गै अनेकन उपलब्धिमुलक प्रविधिको आविष्कार र प्रयोग पनि हुँदै आइ रहेको भए पनि मान्छेको चेतना स्तर अनुरुपको उपलब्धि नभएको महसुस हुन जान्छ। अनेकन विषयहरुमा प्रविधिको प्रयोग हुने भएपनि आज बिश्वमा पैसा शब्दले पुर्‍याएको असरलाइ कम गर्न सक्ने प्राविधिक विकल्पहरुको बारेमा आफ्नो धारण राख्दैछु।

पैसा भन्ने बितिकै हाम्रो मनस्पटलमा कागजी नोट या सिक्काहरु घुम्न सुरु गर्छन । यिनै नोट र सिक्काकै कारण हरेक बर्ष विश्वमा हजारौं मानिसले अकालमा ज्यान गुमाइ रहेका छन भने करोडौं र अरबौ संख्याका मानिसहरू त्रासदिपूर्ण जिउन बाध्य छन। यिनै कुराहरू लाई ध्यान दिँदै पैसाले अनेकन माध्यमद्वारा प्रविधिमा प्रवेश गरि सकेको छ। जसको उदाहरण एक देश बाट अर्को देशमा या एक ठाउबाट अर्को ठाउमा पैसा पठाउदा प्रयोग भएको राष्ट्रिय र अन्तर्राष्ट्रिय बित्तीय कारोबारलाई लिन सकिन्छ। त्यसलाई सहज रुपमा बुझाउने धेरै उदारहण दिन सकिन्छ। मोबाइल फोन, ल्याण्डलाईन फोन, क्रेडिट कार्ड, बैंक कार्ड, सवारी साधन कार्ड, इन्टरनेट सेवा आदि जस्ता सेवा प्रयोग गरे बापत भुक्तान गरिने ब्यालेन्स सिस्टमलाई लिन सकिन्छ। विश्वका धेरै विकसित देशहरुमा धेरै किसिमका आर्थिक कारोवारलाइ ईन्टरनेटको दायराभित्र ल्याइसकिएको छ भने नेपाल लगायत धेरै राष्ट्रहरु त्यसको सम्भावनाको पहिचान गर्दै प्रयोगको क्रममा छन् ।

विश्वले प्रविधिमा यत्तिको फट्को मारिसक्दा पनि नोट र सिक्का छाप्ने काम कुनै पनि देशमा नघट्नु कारण प्रबिधि प्रयोगमा मानव समाज अझै निकै पछि नै रहेको र त्यसलाई आत्मसात गर्न नसकेको प्रष्ट हुन्छ। यदि पैसाको रुपमा नोट र सिक्काको प्रयोगमा नल्याईने हो भने विश्वमा मौलाएको भ्रष्टाचार, कालोबजारी, गैरकानुनी क्रियाकलाप र आतंकवाद निस्तेज पार्न सकिन्छ र विश्व अर्थब्यबस्था समुन्नत बनाउन सहयोग पुग्ने छ। हरेक देशका नागरिकको जनजीवन सहज, समुन्नत र ब्यबस्थित हुनेछ। आम मान्छेले बुझ्ने भाषामा नोट र सिक्काको विकल्पमा प्रविधिको प्रयोगको प्रक्रिया कस्तो हुनुपर्छ भन्ने मेरा ब्यक्तिगत धारणा बुदागत रुपमा प्रस्तुत गर्दछु ।

१. प्रयोगमा आएका प्रविधिलाई स्तर उन्नती गर्दै आवश्यकता अनुरुप नयाँ प्रविधिको आविष्कार गरि विश्वका हरेक देशका कुना-कन्दरा, घर-घर हरेक नागरिकको पहुँचमा पुर्‍याउने ।

२. हरेक राष्ट्रका सरकारले केन्द्रीय बैकको नेतृत्वमा मान्यता प्राप्त बित्तीय सस्थाको सक्रियतामा हरेक नागरिकसँग भएका नोट र सिक्काहरु सङ्कलन गरि सोही पैसा बराबरको रकम स्मार्ट कार्डमा वा प्रयोगमा आएको नया प्राविधिक सिस्टममा जम्मा गरिदिने ।

३. विश्व बैकले हरेक देशका केन्द्रीय बैकको डाटा संकलन गरि त्यसको नेतृत्व गर्ने ।

यति गर्न सक्यो भने स्मार्ट सिटि र स्मार्ट राज्य मात्र नभएर पुरै विश्वनै स्मार्ट हुनेछ । दैनिक उपभोग्य सामानको खरिद ब्रिकी, ब्यापार ब्यबसाय, सरसापट आदि जस्ता कुराहरुलाइ सहज बनाउन हातहातमा हुने फोन, कम्प्युटर आदिबाट एकको खाताबाट अर्को ब्यक्तिको खातामा सजिलै ट्रान्सफर गर्न सकिने प्रणालीलाई प्रयोगमा ल्याउन सकिन्छ। जसको अभिलेख सम्बन्धित वित्तीय सँस्थामा स्वत: रहने छ। हामीले के बुझ्नु जरुरी छ भने पैसाको नाममा बनेका र प्रयोगमा आएका नोट र सिक्काहरु स्मार्ट सिस्टममा परिवर्तन हुने मात्र हो पैसा शब्दको अस्तित्व अन्त्य गर्ने होइन । नया सिस्टममा आर्थिक कारोबार गर्दा आइ पर्न सक्ने प्रविधिको दुरुपयोगलाई भने संचालन पूर्व नै गहन रुपमा सोचेर उच्च स्तरीय सुरक्षा नीति अवलम्वन गर्न जरुरी हुन्छ। ढिलो छिटो भन्ने कुरा मात्र फरक हो हाल विश्वमा हुँदै आएको आर्थिक क्रियाकलापलाई आधार मानेर हेर्ने हो भने यी कुराहरु इतिहासको कालखण्डमा समयको माग सङ्गै भएरै छोड्ने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१०५ सिट जित्ने वाम गठबन्धनको दावी
१०५ सिट जित्ने वाम गठबन्धनको दावी
निर्वाचनको स्थिर समयः राजनीतिक गतिविधि ठप्प, के-के गर्न पाईँदैन ?
निर्वाचनको स्थिर समयः राजनीतिक गतिविधि ठप्प, के-के गर्न पाईँदैन ?
प्रहरीको पक्राउ सूचिमा मेयरदेखि मन्त्रीसम्म
प्रहरीको पक्राउ सूचिमा मेयरदेखि मन्त्रीसम्म
मतदानबाट मण्डल बने माओवादी संसदीय दलको नेता
मतदानबाट मण्डल बने माओवादी संसदीय दलको नेता
चीन–नेपाल आतंकवाद प्रतिरोधी संयुक्त सैन्य अभ्यास हुने
चीन–नेपाल आतंकवाद प्रतिरोधी संयुक्त सैन्य अभ्यास हुने
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
प्रचण्डको दाबी : जनताको तागतमा कांग्रेस–एमालेको सत्ता पल्टाउँछौं
प्रचण्डको दाबी : जनताको तागतमा कांग्रेस–एमालेको सत्ता पल्टाउँछौं
पाँच दल मात्रै राष्ट्रिय : विवेकशील र राप्रपा आउट
पाँच दल मात्रै राष्ट्रिय : विवेकशील र राप्रपा आउट
पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो
निर्माण व्यवसायीमा एकरुपता र एकताको खाँचो छ : मन्त्री पाण्डे
निर्माण व्यवसायीमा एकरुपता र एकताको खाँचो छ : मन्त्री पाण्डे