मोर्चाका कार्यकर्ताले बन्द उलंघन गरेको भन्दै बसमा आगजनी गरे

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १, २०७३
|
|
३६४ पटक हेरिएको
Shares

सारांश

  • नेकपा एमालेको मेची-महाकाली अभियानअन्तर्गत नेपालगन्जमा मधेसी मोर्चाले अवरोध गरेपछि आमसभास्थल परिवर्तन गरिएको छ ।
  • यसअघि आमसभास्थल रामलीला मैदानमा गर्ने तयारी गरिएको थियो ।
  • तर, त्यसलाई सारेर सडक डिभिजन कार्यालयमा आमसभा आयोजना गरिँदैछ ।

नेकपा एमालेको मेची-महाकाली अभियानअन्तर्गत नेपालगन्जमा मधेसी मोर्चाले अवरोध गरेपछि आमसभास्थल परिवर्तन गरिएको छ ।

यसअघि आमसभास्थल रामलीला मैदानमा गर्ने तयारी गरिएको थियो । तर, त्यसलाई सारेर सडक डिभिजन कार्यालयमा आमसभा आयोजना गरिँदैछ ।
एमाले बाँकेले भने रामलिला मैदानमा ठाउँ साँघुरो हुने भएकाले सडक डिभिजन कार्यालयको मैदानमा गर्न लागिएको जनाएको छ । सुरुदेखि नै सडक डिभिजनको मैदानमै कार्यक्रम गर्ने तय भएकाले स्थान परिवर्तन नगरिएको एमालेको भनाइ छ ।

मधेसी मोर्चाले एमालेको आमसभालाई लक्षित गरी मंगलबार नेपालगञ्ज बन्द आह्वानसमेत गरेको छ । लामो दुरीका गाडीहरु नचले पनि ई-रिक्सा लगायत साना सवारी साधनहरु फाट्टफुट्ट चलेका छन् ।

आमसभाका लागि बिभिन्न क्षेत्रबाट सर्बसाधारणलाई गाडीहरुमार्फत् ओसारिएको छ । सोनपुर र उढरापुरमा कार्यकर्ता बोक्न गएका गाडीहरुलाई भने मधेसी मोर्चाका कार्यकर्ताहरुले रोकेका छन् । मोर्चाका कार्यकर्ताले बन्द उलंघन गरेको भन्दै उढरापुरमा भे १ ख २०४२ नम्बरको बसमा आगजनी गरेका छन् ।

मधेसी मोर्चाको बन्द र एमालेको आमसभामा अप्रिय घटना नहोस् भनेर सुरक्षा व्यवस्था कडा पारिएको छ । चोक-चोकमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति छ ।

(https://www.controleng.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजस्व नतिर्नेमाथि छानबिन हुने
राजस्व नतिर्नेमाथि छानबिन हुने
इयुको सहयोग प्राथमिकता नवीकरणीय ऊर्जा र ऊर्जा सुरक्षा
इयुको सहयोग प्राथमिकता नवीकरणीय ऊर्जा र ऊर्जा सुरक्षा
राज्जा–रानी मैथिली सिनेमाको पुरै मुनाफा सामाजिक अभियानमा दिइने घोषणा
राज्जा–रानी मैथिली सिनेमाको पुरै मुनाफा सामाजिक अभियानमा दिइने घोषणा
काठमाडौं महानगरमा को बन्ला नयाँ मेयर ?
काठमाडौं महानगरमा को बन्ला नयाँ मेयर ?
ढुंग्री प्रहार गरी ससुराको हत्या
ढुंग्री प्रहार गरी ससुराको हत्या
असी बर्षिय वृद्धले शंकर पोख्रेललाई भने–  ‘तपाई मुख्यमन्त्री भएर आउनुहोस् म माला तयार गर्छु’
असी बर्षिय वृद्धले शंकर पोख्रेललाई भने– ‘तपाई मुख्यमन्त्री भएर आउनुहोस् म माला तयार गर्छु’
ड्रममा महिलाको शव भेटिएपछि अमेरिकी नागरिक पक्राउ
ड्रममा महिलाको शव भेटिएपछि अमेरिकी नागरिक पक्राउ
रेडियो सम्पदा ९०.५ मेगाहर्जद्वारा समाजसेवी मन्जु खाँड सम्मानित
रेडियो सम्पदा ९०.५ मेगाहर्जद्वारा समाजसेवी मन्जु खाँड सम्मानित
फ्रान्समा छात्रालाई विद्यालयभित्र बुर्काजस्तै देखिने पोसाक अबाया लगाउन प्रतिबन्ध
फ्रान्समा छात्रालाई विद्यालयभित्र बुर्काजस्तै देखिने पोसाक अबाया लगाउन प्रतिबन्ध
हेर्नुहोस् संघीय संसदको चिरिच्याट्ट स्वरुप ६ तस्बिरमा
हेर्नुहोस् संघीय संसदको चिरिच्याट्ट स्वरुप ६ तस्बिरमा

तपाईंले छुटाउनुभयो कि?