मोहन बैद्यको ‘हिमाली दर्शन’ मदन पुरस्कारका लागि अन्तिम ८ पुस्तक भित्र छनाैट
सारांश
- काठमाडौं, २५ असार ।
- सर्वाधिक पुरस्कार राशीको साहित्यिक पुरस्कार मदन पुरस्कारकाे यस वर्षका लागि अन्तिम आठ किताबको सूची सार्वजनिक भएको छ।
- मदन पुरस्कार पुस्तकालय गुठीले सोमबार आठ किताब र तीनका लेखकको नाम सार्वजनिक गरेको छ।
काठमाडौं, २५ असार । सर्वाधिक पुरस्कार राशीको साहित्यिक पुरस्कार मदन पुरस्कारकाे यस वर्षका लागि अन्तिम आठ किताबको सूची सार्वजनिक भएको छ।
मदन पुरस्कार पुस्तकालय गुठीले सोमबार आठ किताब र तीनका लेखकको नाम सार्वजनिक गरेको छ। ध्रुवसत्य परियारको ‘कैरन’, सरस्वती प्रतिक्षाको ‘नथिया’, तीर्थ गुरुङको ‘पाठशाला’, यज्ञशको ‘भुइयाँ’, नयनराज पाण्डेको ‘यार’, नीलम कार्की ‘निहारिका’को ‘योगमाया’, राज माङलाकको ‘लिम्बुनी गाउँ’ र कम्युनिस्ट नेता मोहन वैद्य ‘किरण’को ‘हिमाली दर्शन’ मनोनयनमा परेका हुन्।
सिफारिस समितिले पुरस्कारका लागि दाबी गरिएका दुई सय ५३ पुस्तकको सुचीबाट अन्तिम ८ को टुंगो लगाएको हो। यी पुस्तकमध्येबाट विजेताको घोषणा हुने छ।
यि हुन छनाैटमा परेका पुस्तकहरू
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया