मौद्रिक नीतिः राष्ट्रिय परिचयपत्रलाई ग्राहक पहिचान प्रणालीमा आवद्ध गरिने

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ७, २०८०
|
|
२६ पटक हेरिएको
Shares
मौद्रिक नीतिः राष्ट्रिय परिचयपत्रलाई ग्राहक पहिचान प्रणालीमा आवद्ध गरिने

सारांश

  • काठमाडौ ।
  • सरकारले नेपाली नागरिकलाई अनिवार्य रुपमा अगाडि बढाएको राष्ट्रिय परिचयपत्रलाई अब व्यवहारिक रुप प्रदान गर्ने भएको छ ।
  • परिचयपत्रमा समावेश भएको विवरणलाई अन्य सरकारी काम कारबाहीमा सहज बनाउने ध्येयका साथ केन्द्रीय ग्राहक पहिचान प्रणालीमा आवद्ध गरिने भएको हो ।

काठमाडौ । सरकारले नेपाली नागरिकलाई अनिवार्य रुपमा अगाडि बढाएको राष्ट्रिय परिचयपत्रलाई अब व्यवहारिक रुप प्रदान गर्ने भएको छ ।

परिचयपत्रमा समावेश भएको विवरणलाई अन्य सरकारी काम कारबाहीमा सहज बनाउने ध्येयका साथ केन्द्रीय ग्राहक पहिचान प्रणालीमा आवद्ध गरिने भएको हो ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिमा राष्ट्रिय परिचयपत्रलाई व्यवहारिकता प्रदान गर्ने व्यवस्था गरेको छ । मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्था तथा अन्य भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरुबीच ग्राहकको सूचना आदानप्रदान गर्न र राष्ट्रिय परिचयपत्र समेतलाई केन्द्रीय ग्राहक पहिचान प्रणालीमा आवद्ध हुनेगरी त्यस्तो प्रणालीको निर्माण तथा कार्यान्वयन गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने व्यवस्था गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?