मौन अवधिमा बालबालिका प्रयोग गरी चुनाव प्रचार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १३, २०७४
|
|
२७ पटक हेरिएको
Shares
मौन अवधिमा बालबालिका प्रयोग गरी चुनाव प्रचार

सारांश

  • कपिलवस्तु, असार १३ – स्थानीय तह चुनावमा कपिलवस्तुमा ठूला दलबाटै आचारसंहिताको उल्लंघन भएको छ ।
  • निर्वाचन आयोगले कुनै प्रकारको टिसर्ट छपाई गरी वितरण गर्न नपाइने नियम बनाएको भए पनि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल लगायत दलले नियमको उल्लंघन गरेका हन् ।
  • दलहरुले ठूलो संख्यामा टिसर्ट, टोपी लगायतका कपडामा चुनाव चिन्छ छापेर वितरण गरेका छन् ।

कपिलवस्तु, असार १३ – स्थानीय तह चुनावमा कपिलवस्तुमा ठूला दलबाटै आचारसंहिताको उल्लंघन भएको छ । निर्वाचन आयोगले कुनै प्रकारको टिसर्ट छपाई गरी वितरण गर्न नपाइने नियम बनाएको भए पनि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल लगायत दलले नियमको उल्लंघन गरेका हन् ।
दलहरुले ठूलो संख्यामा टिसर्ट, टोपी लगायतका कपडामा चुनाव चिन्छ छापेर वितरण गरेका छन् । राजनीतिक दलहरुले चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्न नपाइने नियम भएपनि नियम विपरित बालबालिकाको प्रयोग गरेका छन् । चुनाव प्रचारप्रसारको कार्यक्रममा दिनभर जसो बालबालिकालाई सभा, सम्मेलन र र्‍यालीमा प्रयोग गरेका छन् । उनीहरुलाई राजनीतिक दलहरुले चुनाव चिन्ह अंकित टिसर्ट, टोपी वितरण गरी चुनाव प्रचारप्रसारमा लगाएको जिल्ला वालकल्याण समितिका सदस्य पशुपतिमणि त्रिपाठीले जानकारी दिनुभयो । जिल्ला सदमुकाम तौलिहवा लगायत अन्य स्थानमा पनि उम्मेदवारका पोष्टर टास्ने र प्रचारप्रसारमा हिँडदा पनि निर्वाचन आयोगले उनीहरुलाई कारवाही गर्न सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?