दुई रुपैयाँ नपाउने विमलाको मासिक कमाइ पचास हजार

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २७, २०७४
|
|
३६ पटक हेरिएको
Shares
दुई रुपैयाँ नपाउने विमलाको मासिक कमाइ पचास हजार

सारांश

  • “घर छेउको पसलेले जतिबेला मलाई दुई रुपैयाँका लागि पनि पत्याउँदैनथे, आयस्रोत नभएका कारण तिर्न सक्दिन भनेर पसलेले मलाई ऋण दिनै मान्दैनथे”, विगत सम्झँदै मोरङको पथरी शनिश्चरे नगरपालिका– ८ की ४३ वर्षीया विमला भण्डारीले भन्नुभयो, “कामले काम सिकाउँदोरहेछ, अहिले म मासिक रु ५० हजार कमाउन सक्ने भएकी छु ।
  • ” एक दसक अगाडिसम्म श्रीमान्लाई विदेश पठाएको ऋण तिर्न त के उहाँलाई घर फर्काउने रकमसमेत ऋण गरेर तिर्नु परेको सम्झँदा विमलालाई अहिले सपना जस्तो लाग्छ ।
  • ‘कामले काम सिकाउँछ र मेहनतले आर्जन’ भनाइ अहिले त्यो गाउँमा अरुका कुरा काटेर बस्नेका लागि गतिलो उदाहरण भएको छ ।

“घर छेउको पसलेले जतिबेला मलाई दुई रुपैयाँका लागि पनि पत्याउँदैनथे, आयस्रोत नभएका कारण तिर्न सक्दिन भनेर पसलेले मलाई ऋण दिनै मान्दैनथे”, विगत सम्झँदै मोरङको पथरी शनिश्चरे नगरपालिका– ८ की ४३ वर्षीया विमला भण्डारीले भन्नुभयो, “कामले काम सिकाउँदोरहेछ, अहिले म मासिक रु ५० हजार कमाउन सक्ने भएकी छु ।”

एक दसक अगाडिसम्म श्रीमान्लाई विदेश पठाएको ऋण तिर्न त के उहाँलाई घर फर्काउने रकमसमेत ऋण गरेर तिर्नु परेको सम्झँदा विमलालाई अहिले सपना जस्तो लाग्छ । ‘कामले काम सिकाउँछ र मेहनतले आर्जन’ भनाइ अहिले त्यो गाउँमा अरुका कुरा काटेर बस्नेका लागि गतिलो उदाहरण भएको छ । विमला आज त्यही ठाउँमा मेहनती महिला उद्यमीका रुपमा कहलिनुभएको छ ।

व्यापार व्यवसाय शुरु गर्दाका दिनमा स–साना काममा पनि अल्छी नमानी लाग्ने विमला अहिलेसम्म आइपुग्दा कुखुरापालन र कुखुरको मासु बिक्री गर्ने काममा तल्लिन हुनुहुन्छ । उहाँले अहिले मनग्य आम्दानी आर्जन गरिरहनुभएको छ ।

“गाउँमा मलाई दुई रुपैयाँका लागि समेत नपत्याउने अवस्था थियो, आज मलाई यहाँँसम्म ल्याइपु¥याउन सहाराको ठूलो हात छ,” उहाँले भन्नुभयो ।

मेहनती महिलाका रुपमा परिचित विमलाले अहिले घरैमा कुखुरा फार्म खोल्नुका साथै फ्रेस हाउस समेत खोल्नुभएको छ । विदेश पठाएका श्रीमान्लाई पैसा कमाउनु त कता हो कता उल्टै ऋण खोजेर नेपाल फर्काउनुप¥यो ।

“भोकभोकै कैयौँ रात सुतेकी छु, तै पनि मैले हरेस खाइनँ, काममा लागिरहँे”, उहाँले भन्नुभयो, “पहिलोपटक सहारा नेपाल साकोसले सञ्चालन गरेको लघुवित्त कार्यक्रममा सहभागी भएर समूहमा आबद्ध भएपछि रु पाँच हजार कर्जा लिई जुत्ता चप्पल व्यापार शुरु गरे ।” जुत्ता चप्पल बेच्न उहाँ साइकलमा पोका बोकेर बयरवन, रमाइलोलगायत बजारसम्म पुग्नुहुन्थ्यो ।

मासिक रु ५० हजारभन्दा बढी कमाइ गर्न थालेपछि अहिले उहाँको जीवनशैली फेरिएको छ । उहाँको व्यापार पथरी शनिश्चरेमा मात्र सीमित छैन । इटहरीसम्म फैलिएको छ । “अहिले आफूलाई मात्र होइन अरुलाई पनि आत्मनिर्भर गराउन सक्ने अवस्थामा छु,” उहाँले भन्नुभयो ।

विमलालाई काममा श्रीमान्ले सघाउनुहुन्छ । उहाँहरुसँग एउटा मारुती भ्यान छ । जसको माध्यमबाट श्रीमान् महेश भण्डारीले कुखुरा बिक्रीका लागि इटहरीसम्म लैजानुहुन्छ ।

सहारा नेपाल साकोसको पथरी सेवा केन्द्रका प्रबन्धक महेश तामाङ भन्नुहुन्छ, “विमला अत्यन्त मेहनती र ऊर्जाशील महिला हुन् । उनमा काम गरिखाने आँट र साहस भेटिन्छ, विमलाले आफ्नो जस्तो काममा आउन अरुलाई पनि प्रेरणा दिनुभएको छ ।”

फूलबारी सहारा महिला समूह नं ५८ की सदस्य विमला कुनै बेला त्यही समूहकी अध्यक्ष हुनुहुन्थ्यो । त्यहीबेला उहाँले नै प्रवद्र्धन गरेका समूह अहिले सो क्षेत्रमा क्रियाशील छन् । यही बीचमा उहाँले दुई कट्ठा जमिन जोड्नुभएको छ । ठूली छोरीको बिहे गर्न खर्च जुटाउनुभयो । अरु दुई छोरी र एउटा छोरो राम्रै स्कूलमा पढाइरहनुभएको छ ।

“यही मेहनत र परिश्रम देखेर सहकारी क्षेत्रकै ठूलो पुरस्कार हामीले विमलालाई प्रदान गरेका हौँ” सहारा नेपाल साकोसका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले भन्नुभयो । विमलाले आफूसँगै अरुलाई पनि स्वावलम्बी बनाउन खेलेको योगदानको कदर गर्दै उहाँलाई यसवर्ष ‘प्रो मोहमद युनुस सहारा पुुुरस्कार’ प्रदान गरिएको हो । रु ५० हजार सहकारी क्षेत्रकै ठूलो धन राशिको पुरस्कार हो । उहाँलाई शनिबार सो पुरस्कारबाट सम्मान गरिएको थियो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्मचारीले बहुविवाह गर्दा जागिर नजानेगरी विधेयक !
स्वच्छ निर्वाचन – लोकतन्त्रको आधार , सुशासन र समृद्धिका लागि वामपन्थी सरकार ! भन्ने नराका साथ हेर्नुहोस घोषणा पत्र को पूर्ण पाठ !
स्वच्छ निर्वाचन – लोकतन्त्रको आधार , सुशासन र समृद्धिका लागि वामपन्थी सरकार ! भन्ने नराका साथ हेर्नुहोस घोषणा पत्र को पूर्ण पाठ !
सरकारले धमाधम जनमुखी काम गरेपछि प्रतिक्रान्तिकारीहरुले गलत प्रचार सुरु गरे : प्रधानमन्त्री
सरकारले धमाधम जनमुखी काम गरेपछि प्रतिक्रान्तिकारीहरुले गलत प्रचार सुरु गरे : प्रधानमन्त्री
एक डिएसपीले ३ वर्षे छोरासहित पत्नी घरबाट निकाले
एक डिएसपीले ३ वर्षे छोरासहित पत्नी घरबाट निकाले
आज मंगलबार, यस्तो छ तपाईंको राशिफल
आज मंगलबार, यस्तो छ तपाईंको राशिफल
आर्मी र खुमलटारबीचको खेल बरबरीमा सकियो
आर्मी र खुमलटारबीचको खेल बरबरीमा सकियो
“साईली” गीतको सफलता संगै फिल्म बन्ने भो
“साईली” गीतको सफलता संगै फिल्म बन्ने भो
मंहगी बढेकाले बजार अनुगमन गर्न प्रधानमन्त्री ओलीको निर्देशन
मंहगी बढेकाले बजार अनुगमन गर्न प्रधानमन्त्री ओलीको निर्देशन
कोरोना प्रकोपः ४० हजार नेपालीको भिषा प्रभावित हुने
कोरोना प्रकोपः ४० हजार नेपालीको भिषा प्रभावित हुने
काठमाडौं ८: रास्वपाका विराजभक्त विजयी
काठमाडौं ८: रास्वपाका विराजभक्त विजयी