मौसमका कारण भोजपुर–विराटनगर उडान अवरुद्ध

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ६, २०७५
|
|
३६ पटक हेरिएको
Shares
मौसमका कारण भोजपुर–विराटनगर उडान अवरुद्ध

सारांश

  • भोजपुर, ६ पुस ।
  • नेपाल वायु सेवा निगमको भोजपुर–विराटनगर हवाई सेवा अवरोध भएको छ ।
  • तराईमा हुस्सु धेरै लागेका कारण हवाई सेवा अवरुद्ध भएको छ ।

भोजपुर, ६ पुस । नेपाल वायु सेवा निगमको भोजपुर–विराटनगर हवाई सेवा अवरोध भएको छ । तराईमा हुस्सु धेरै लागेका कारण हवाई सेवा अवरुद्ध भएको छ ।

मौसम खराब भइपछि करीब दुई सातादेखि उडान हुन नसकेको नेपाल वायु सेवा निगम भोजपुर शाखले जनाएको हो । निगमका अनुसार मौसममा सुधार आएपछि मात्र भोजपुर–विराटनगर उडान हुनेछ ।

निगमको जहाजले मङ्गलबार, बिहीबार, शनिबार गरी हप्तामा तीन दिन विराटनगर उडान भर्दै आएको थियो । भोजपुर–विराटनगर उडान अवरुद्ध भएपनि भोजपुर–काठमाडाँै भने आइतबार बाहेक हप्तामा ६ दिन उडान भइरहेको निगमले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?