म नेपाली पहिरन नै रुचाउँछु : मिस नेपाल श्रीच्छा

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ७, २०८०
|
|
१८ पटक हेरिएको
Shares
म नेपाली पहिरन नै रुचाउँछु : मिस नेपाल श्रीच्छा

सारांश

  • काठमाडौं।
  • मिस नेपाल श्रीच्छा प्रधानले आफूलाई नेपाली पहिरनमै रुचि रहेको बताएकी छन्।
  • नेपाली पहिरनमा ढाका बढी मनपर्ने र प्रयोग गर्ने बताएकी उनले आकर्षक, सजिलो र उचित मूल्यमा नेपाली पहिरन मिल्ने भएकोले सबैलाई प्रयोग गर्न समेत सुझाएकी छन्।

काठमाडौं। मिस नेपाल श्रीच्छा प्रधानले आफूलाई नेपाली पहिरनमै रुचि रहेको बताएकी छन्। नेपाली पहिरनमा ढाका बढी मनपर्ने र प्रयोग गर्ने बताएकी उनले आकर्षक, सजिलो र उचित मूल्यमा नेपाली पहिरन मिल्ने भएकोले सबैलाई प्रयोग गर्न समेत सुझाएकी छन्।

शुक्रबारबाट ललितपुरको जावलाखेलस्थित संचालनमा आएको क्वीन कलेक्सन उद्घाटन गर्दै प्रधानले नेपाली पहिरन धेरै कुरामा सोचेर, सजिलो र स्वास्थ्यको दृष्टिले समेत निर्माण हुने भएकोले प्रयोग गर्न सजिलो समेत रहेको उनको भनाइ थियो।

‘म नेपाली बुटिकहरुकै फेसन प्रयोग गर्छु। किनभने त्यहाँ मूल्य सुहाउँदो र सबैले तिर्न सक्ने हुन्छ’, उनले भनिन् ‘बुटिकमा आफूले चाँहेजस्तो डिजाइन छान्न र बनाउन सकिन्छ।’ ग्राहकप्रतिको जिम्मेवारीमा अन्य भन्दा बुटिक अलि बढी जिम्बेवार हुने गरेको आफुले पाएको उनले सुनाइन्।

‘बुटिका पहिरन एकदमै कलरफुल, युनिक डिजाइन हुन्छ। अहिलेका हामी युवाले पहिलेका कल्चर पहिरन प्रयोग गर्दा अर्कै किसिमको गर्व फिल हुन्छ। त्यही कारणले पनि म नेपाली पहिरनमा रमाउछु’ उनले थपिन्।

प्रधान ‘मिस वल्र्ड’को तयारी गरिरहेकी छन्। ‘मिस वल्र्ड’ को प्लेटर्फममा पनि उनले नेपाली बिभिन्न कलासंस्कृति र बातावरण झल्कने पहिरन प्रयोग गर्ने सोचमा छिन्। त्यसका लागि उनले नेपाली डिजाइनर, त्यो पनि आइआइएफटी स्कूल अफ फेसनसँगको छलफलमा छिन्। मिस नेपालमा पनि आइआइएफटीको सहकार्य रहेकोले मिस वल्र्डका लागि सहकार्य गर्ने सोच बनाएको उनले बताइन्।

क्वीन कलेक्सन मेनका रानाले संचालनमा ल्याएकी हुन्। मेनका आइआइएफटी स्कूल ओफ फेसन ललितपुरकी बिद्यार्थी हुन्। आफूले अध्यायन गरेर सिकेको कुरा प्रयोग गर्ने र फेसनमा सेवा दिने उद्देश्यले क्वीन कलेक्सन संचालनमा ल्याएको रानालले बताइन्।

‘मलाई सानैदेखि फेसनमा केही गर्नुपर्छ भन्ने हुटहुटी थियो। फेसनको बिभिन्न कुरा बुझ्दै जाँदा आइआइएफटी स्कूल अफ फेसनसँग जोडिए’, रानाले भनिन् ‘त्यहाँ सिकेको कुरा बाहिर ल्याउन र फेसनमा नयाँ टेष्ट दिन बुटिक खोलेँ।’ फेसनमा गुणस्तरीय र आकर्षक पहिरन सस्तो मूल्यमा उपलब्ध दिन बुटिक संचालन ल्याएको उनको भनाइ छ।

‘मेरो बुटिक भिआइपीदेखि सर्वसाधारणसम्म सबैका लागि हो। मेरो उद्देश्य फेसनमा सबैको पहुँच होस् भन्ने छ’ उनले अगाडि थपिन् ‘हामी मानिसको इच्छा अनुसारको डिजाइन समेत तयार गरेर दिन्छौं।’

कार्यक्रममा आइआइएफटी स्कूल ओफ फेसन इन्तेरिओर डिजाइनका कार्यकारी प्रबन्धक बिपना थापाले आफ्नो स्कुलको बिद्यार्थीले ब्यवसायिक रुपमा अगाडि बढेको देख्दा खुसी लागेको बताइन्। उनले मेनकाको आट र क्रियासिलताबाट आफू प्रभावित भएको बताउँदै आवश्यक सहयोग गर्न तयार रहेको धारणा राखिन्।

क्वीन कलेक्सनमा महिलाले फेसनका लागि सबै प्रकारको सेवा प्राप्त गर्न सक्नेछन्। नेपाली पहिरन र कल्चरलाई विशेष प्रथामिकता राखेको यो कलेक्सनमा कल्चरल, फर्मल, पार्टीवेयर, क्याजुअलदेखि सबै प्रकारको ड्रेस पाउन नयाँ बनाउन सकिनेछ।

विश्व बजारमा चलेका र आकर्षक डिजाइन समेत उपलब्ध हुने बुटिकमा आफुलाई मनपर्ने डिजाइन उचित मूल्यमा तयार गर्न लगाउन पनि सकिनेछ। बुटिकले आफ्नो डिजाइनमा क्वालिटी र रंगसंयोजना समेत विशेष ध्यान दिने बताएको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

र्‍यापर जेरी र अर्जुनको ‘जबदेखि तिमीलाई’ बजारमा (भिडियो सहित )
र्‍यापर जेरी र अर्जुनको ‘जबदेखि तिमीलाई’ बजारमा (भिडियो सहित )
नयाँ आईजीमा सुरु भयो चलखेल, खरेल र खनाललाई उछिनेर कार्की आईजी ?
नयाँ आईजीमा सुरु भयो चलखेल, खरेल र खनाललाई उछिनेर कार्की आईजी ?
स्वायत्त औद्योगिक व्यवस्थापन विकास प्राधिकरण बनाउनु पर्ने नन्दकिशोर बस्नेतको माग
स्वायत्त औद्योगिक व्यवस्थापन विकास प्राधिकरण बनाउनु पर्ने नन्दकिशोर बस्नेतको माग
सर्लाहीको कौडेना गाउँपालिकामा राजपा ५२४ मतले विजयी
सर्लाहीको कौडेना गाउँपालिकामा राजपा ५२४ मतले विजयी
उदयपुरबाट १ किलो गाँजा सहित एक युवक पक्राउ
उदयपुरबाट १ किलो गाँजा सहित एक युवक पक्राउ
राष्ट्रिय सभा सदस्य निर्वाचनः उम्मेदवार हुन दौडधुप
राष्ट्रिय सभा सदस्य निर्वाचनः उम्मेदवार हुन दौडधुप
१० प्रदेश हाँक्ने यी कमाण्डरलाई दिए अध्यक्ष आचार्यले बधाई
१० प्रदेश हाँक्ने यी कमाण्डरलाई दिए अध्यक्ष आचार्यले बधाई
सीमा विवाद समाधानका लागि प्रधानमन्त्री तहबाट वार्ता थाल्न सुझाव
सीमा विवाद समाधानका लागि प्रधानमन्त्री तहबाट वार्ता थाल्न सुझाव
उपचार नपाउँदा जीवनभर अर्काको सहारामा महन्त
उपचार नपाउँदा जीवनभर अर्काको सहारामा महन्त
राष्ट्रियसभा सदस्यको लागि आज मनोनयन दर्ता
राष्ट्रियसभा सदस्यको लागि आज मनोनयन दर्ता

तपाईंले छुटाउनुभयो कि?