तपाईँको स्मार्ट फोन तात्यो ? यसो गर्नुहोस्

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २२, २०७५
|
|
४८ पटक हेरिएको
Shares
तपाईँको स्मार्ट फोन तात्यो ? यसो गर्नुहोस्

सारांश

  • काठमाडौं, २२ कात्तिक।
  • तपाईँ पक्कैपनि स्मार्ट फोन प्रयोग गर्नु हुन्छ होइन ?
  • त्यो हो भने फोन तातेर हैरानपनि हुनु हुन्छ होला ?

काठमाडौं, २२ कात्तिक। तपाईँ पक्कैपनि स्मार्ट फोन प्रयोग गर्नु हुन्छ होइन ? त्यो हो भने फोन तातेर हैरानपनि हुनु हुन्छ होला ? अन्य फोनको तुलनमा स्मार्ट फोन अनेकौं कामका लागि प्रयोग हुने भएकालेपनि यो बढी मात्रामा तात्ने गर्छ । यसरी स्मार्ट फोन तातेमा के गर्ने त ? यो समस्याबाट यसरी छुटकारा पाउन सकिन्छ :

तातेको स्मार्टफोन चिस्याउने ५ उपायहरु

१. फोनलाई आराम गर्न दिने 

हामीले जति चलाउँछौ, त्यती नै मात्रामा फोन तात्ने भएकाले तात्न लागेको संकेत पाउने बित्तिकै फोन नचलाउने वा प्रयोग कम गर्ने ।

२. अत्याधिक तातो वा चिसोमा नराख्ने 

मानिसको शरीर वातावरण अनुसार घुलिमिल हुनसक्छ भन्ने हामीले सुन्दै आएका हौ, तर फोनमा त्यस्तो हुनुपर्छ भन्ने जरुरी छैन र हुँदैनपनि । हामीले प्रयोग गर्ने फोनको लागि तातो वा चिसो दुवै मौसम हानीकारक हुन्छ । अत्याधिक तातो हुन गएको खण्डमा मोबाईल फोनले त्यो सहँदैन । यस्तै, चिसोपनि मोबाइलले सहन सक्दैन, जस्को कारणले मोबाइलमा विभिन्न समस्या देखा पर्छन् । ती समस्या मध्येमा मोबाइल तात्नेपनि एक समस्या हो ।

३. फोनलाई भारइस मुक्त राख्ने

हामीले स्मार्ट फोनमा विभिन्न एप राख्ने गरेका हुन्छौं । यसरी राखेका एपले कहीलेकाँही भाइरसलाई बढवा दिन समेत मद्दत गरेको हुन्छ । कतिपय अवस्थामा नचाहिंदा एपलेपनि भाइरस बढाउने काम गर्दछ । त्यसैले मोवाइलमा भाइरस बारेमा सचेत हुनुपनि फोनलाई तात्ने लगायतका समस्याबाट हटाउन मद्दत गर्नु हो ।

४. फोनमा लगाइने कभर

हामीले मोवाईल किन्दा निकै ख्याल गर्छौ, तर त्यति ख्याल कभरकोलागि कसैकसैले मात्र गरेका हुन्छौ । फोनमा लगाईने कवरलेपनि फोनको तापक्रमसँग सम्बन्ध राख्छ । हामीले कपडा लगाउँदा र कपडा नलगाउँदा त्यसले शरीरमा कति फरक पार्छ त्यो भोग्दै आएको कुरा हो । त्यसरी फोनमा लगाईने कभरमा ध्यान नदिंदा यसले फोन तताउन मद्दत गरिरहेको हुन्छ । फोन तातेको बेलामा कभर झिक्नु राम्रो हुन्छ ।

५. व्याट्रीको अवस्था

फोनमा रहेको व्याट्रीमा लिथियम हुने गर्छ । व्याट्रीको अवस्थालेपनि पुरै फोनको तापक्रम घटबढ गर्न मद्दत गर्छ । स्मार्ट फोन प्रयोग गर्दा व्याट्रीको बारेमा हामीले राम्रो ख्याल गर्नु आवश्यक हुन्छ । कतिपय अवस्थामा व्याट्रीको शक्ति कम हुँदा हामीले पटक पटक चार्ज गर्ने गर्छौँ । यसरी ब्याट्रीपनि फोन तात्नुको कारण बन्ने गर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठूलो आन्दोलनका माझ बंगलादेशकी प्रधानमन्त्री भागिन् तर देशमै किन अडिएका थिए गद्दीच्युत राजा ज्ञानेन्द्र शाह?
ठूलो आन्दोलनका माझ बंगलादेशकी प्रधानमन्त्री भागिन् तर देशमै किन अडिएका थिए गद्दीच्युत राजा ज्ञानेन्द्र शाह?
जापानमा ३ लाखलाई रोजगारको अवसर, श्रमिक पठाउने नेपाल सरकारको तयारीको गृहकार्य तिव्र
जापानमा ३ लाखलाई रोजगारको अवसर, श्रमिक पठाउने नेपाल सरकारको तयारीको गृहकार्य तिव्र
समृद्धिको मार्गप्रशस्त गर्न साना उद्योगको भूमिका महत्वपूर्ण– राज्यमन्त्री बाँस्कोटा
समृद्धिको मार्गप्रशस्त गर्न साना उद्योगको भूमिका महत्वपूर्ण– राज्यमन्त्री बाँस्कोटा
लायन्स बुटवल क्षितिजकाे शिविर सम्पन्न
लायन्स बुटवल क्षितिजकाे शिविर सम्पन्न
साउन १८ गते शनिबारको राशिफल यस्तो छ
‘बिजुली चमक्क’मा अञ्जलीले देखाइन् हट जवानी
‘बिजुली चमक्क’मा अञ्जलीले देखाइन् हट जवानी
विराटनगर महानगरपालिकाको कार्यालयमा बम विस्फोट
विराटनगर महानगरपालिकाको कार्यालयमा बम विस्फोट
मिनी चिडियाखानाका रूपमा विकास हुँदै भालुढुङ्गा
मिनी चिडियाखानाका रूपमा विकास हुँदै भालुढुङ्गा
दुई स्थानीय तहमा कार्यपालिका गठन
दुई स्थानीय तहमा कार्यपालिका गठन
निगमका सबै ट्विनटर विमान ग्राउन्डेड, यी जिल्लाका उडान प्रभावित
निगमका सबै ट्विनटर विमान ग्राउन्डेड, यी जिल्लाका उडान प्रभावित