प्रधानसेनापति आमन्त्रित अन्तर्रा्ष्ट्रिय महिला फुटबल हुने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २६, २०७६
|
|
२१ पटक हेरिएको
Shares
प्रधानसेनापति आमन्त्रित अन्तर्रा्ष्ट्रिय महिला फुटबल हुने

सारांश

  • नेपाली सेनाले प्रधानसेनापति आमन्त्रित अन्तर्रा्ष्ट्रिय महिला फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
  • यही मङ्सिर २९ गतेदेखि सेनाले उक्त प्रतियोगिताको सातौँ संस्करण काठमाडौँमा आयोजना गर्न लागेको हो ।
  • अखिल नेपाल फुटबल सङ्घ (एन्फा)सँगको सहकार्यमा सञ्चालन हुने सो प्रतियोगितामा तीन विभागीय, दुई विदेशी तथा तीनवटा प्रदेशको फुटबल टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली सेनाले प्रधानसेनापति आमन्त्रित अन्तर्रा्ष्ट्रिय महिला फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । यही मङ्सिर २९ गतेदेखि सेनाले उक्त प्रतियोगिताको सातौँ संस्करण काठमाडौँमा आयोजना गर्न लागेको हो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)सँगको सहकार्यमा सञ्चालन हुने सो
प्रतियोगितामा तीन विभागीय, दुई विदेशी तथा तीनवटा प्रदेशको फुटबल टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ५ तथा भारतको सिक्किम र भूटानको फुटबल टोलीले सहभागिता जनाउने महासेनानी शशिकिरण रायमाझीले आज नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

लिगकम नकआउटका आधारमा सञ्चालन हुने उक्त प्रतियोगिताको विजेताले रु तीन लाख, उपविजेताले रु एक लाख ५० हजार तथा सेमिफाइनल पुग्ने दुई टोलीले रु ५०÷५० हजार पुरस्कार प्राप्त गर्र्नेछन् ।

महासेनानी रायमाझीका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान स्कुटर प्रदान गरिनेछ । यस्तै उत्कृष्ट किपर, मिड फिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकलाई जनही रु १० हजार प्रदान गरिनेछ । सेनाले २०७० सालदेखि उक्त प्रतियोगिता आयोजना गर्दै आएको छ । “सैनिक–नागरिक सम्बन्ध बढाउन, महिलालाई खेलप्रति आकर्षित गर्न तथा खेलका माध्यमबाट सम्बन्ध सुमधुर बनाउन प्रतियोगिता सञ्चालन गर्दै आएका छौँ”, महासेनानी रायमाझीले भन्नुभयो । विगतमा सोझै नकआउटका आधारमा सञ्चालन गरिँदै आएको सो प्रतियोगिता यसपटक विदेशी फुटबल टोलीको आग्रहमा लिगकम नकआउटका माध्यमबाट सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।

खेल सेनाको मुख्यालयभित्र रहेको खेल मैदान तथा ललितपुरको लगनखेलस्थित सेनाको दुईवटा मैदानमा खेलाइनेछ । प्रतियोगितको उद्घाटन खेल मङ्सिर २९ गते त्रिभुवन आर्मी क्लब र प्रदेश नं १ बीच सेनाको मुख्यालयस्थित खेल मैदानमा हुनेछ ।
प्रतियोगिता आगामी पुस ९ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा
‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा
ओलीले मन्त्री पदको चारो फालेपछि विरोधीको घेराबन्दी तोड्न सफल भए
सुन काण्डका नाइके ‘गोरे’लाई डिआइजी निरौलाले यसरी भगाए
निर्वाचन मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्ने वा कानूनमै हुनुपर्ने माग
निर्वाचन मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्ने वा कानूनमै हुनुपर्ने माग
फुटबल टोली भारत प्रस्थान
फुटबल टोली भारत प्रस्थान
मोटरसाइकल चढेका दुईजनाको करेन्ट लागेर मृत्यु, एक घाइते
मोटरसाइकल चढेका दुईजनाको करेन्ट लागेर मृत्यु, एक घाइते
ईंग्लिश प्रिमियर स् म्यान्चेस्टर सिटी शीर्ष स्थानमा पुनः फर्कियो
ईंग्लिश प्रिमियर स् म्यान्चेस्टर सिटी शीर्ष स्थानमा पुनः फर्कियो
आजबाट कर्मचारी समायोजन प्रक्रिया शुरु, नयाँ संरचनामा १ लाख ३८ हजार कर्मचारी समायोजन गरिदैं
आजबाट कर्मचारी समायोजन प्रक्रिया शुरु, नयाँ संरचनामा १ लाख ३८ हजार कर्मचारी समायोजन गरिदैं
छोराले बिहे गर्दा बाबुआमा कुटिए
छोराले बिहे गर्दा बाबुआमा कुटिए
आलेख ः ऐतिहासिक स्थल ज्यामरुककोटलाई उजिल्याउने पहल भएन
आलेख ः ऐतिहासिक स्थल ज्यामरुककोटलाई उजिल्याउने पहल भएन

तपाईंले छुटाउनुभयो कि?