यमबुद्धको शव शनिबार नेपाल ल्याइने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १३, २०७३
|
|
५९१ पटक हेरिएको
Shares
यमबुद्धको शव शनिबार नेपाल ल्याइने

सारांश

  • यमबुद्धको नामले चिनिने चर्चित र्‍याप गायक अनिल अधिकारीको शव शनिबार नेपाल ल्याइने भएको छ ।
  • श्रीमतीसहित लण्डनमा बस्दै आएका उनले गत माघ १ गते (जनवरी १४) आत्महत्या गरेका थिए ।
  • परिवारले शव नेपाल ल्याउने इच्छा राखेपछि शनिबार ल्याउन लागिएको हो ।

यमबुद्धको नामले चिनिने चर्चित र्‍याप गायक अनिल अधिकारीको शव शनिबार नेपाल ल्याइने भएको छ ।

श्रीमतीसहित लण्डनमा बस्दै आएका उनले गत माघ १ गते (जनवरी १४) आत्महत्या गरेका थिए । परिवारले शव नेपाल ल्याउने इच्छा राखेपछि शनिबार ल्याउन लागिएको हो । उनको शव इत्तेहाद एयरबाट शनिबार दिउँसो ३ बजे काठमाडौं ल्याउने पारिवारिक स्रोतले जनाएको छ ।

परिवारका अनुसार, त्रिभुवन विमानस्थलबाट उनको पार्थिव शरीर प्रज्ञा भवन कमलादीमा लगेर श्रद्धाञ्जलीका लागि केही समय राखिने र सोही दिन पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।

२९ वर्षीय अधिकारी गत माघ १ गते शनिबार बिहान लण्डनको साउथ ह्यारोस्थित घरको बाथरुममा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

एक दशकअघि नेपाली र्‍याप संगीतमा पाइला चालेका अधिकारीको ‘मेरो जुत्तामा’, ‘साथी’, ‘आउँदै छु म’, ‘फुटपाथ मेरो घर’ लगायत एल्बम निस्किएको छ । पछिल्लो समय उनी ‘खतरा’ नामक एल्बम ल्याउने तयारीमा थिए ।

‘साथी’ नामक गीतबाट युवा संगीतप्रेमीहरुमाझ चिनिँदै उनी नेपाली हिपहप गायकका रुपमा छाएका थिए ।

(www.curlygirldesign.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?