यसकारण माेदि कांग्रेसको गढमा जाँदैछन्

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १, २०७५
|
|
५४ पटक हेरिएको
Shares

सारांश

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार उत्तर प्रदेशको रायबरेली शहर गइरहेका छन् ।
  • त्यहाँ उनले रेल कोच फ्याक्ट्रीको उद्घाटनका साथै केही परियोजनाको शिलान्यास पनि गर्नेछन् ।
  • तर लोकसभा चुनाव अघि भइरहेको मोदीको यो यात्राका पछाडि ठूलो राजनीतिक उदेश्य पनि रहेको अनुमान गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार उत्तर प्रदेशको रायबरेली शहर गइरहेका छन् । त्यहाँ उनले रेल कोच फ्याक्ट्रीको उद्घाटनका साथै केही परियोजनाको शिलान्यास पनि गर्नेछन् । तर लोकसभा चुनाव अघि भइरहेको मोदीको यो यात्राका पछाडि ठूलो राजनीतिक उदेश्य पनि रहेको अनुमान गरिएको छ । रायबरेलीमा रेल कोच फ्याक्ट्रीको उद्घाटनपछि मोदी एक जनसभालाई सम्बोधन गर्नेछन र त्यसलगत्तै उनी प्रयागराज र्यालीलाई सम्बोधन गर्न जानेछन् ।

रायबरेली कांग्रेसको सबैभन्दा बलियो क्षेत्र मानिन्छ । यो पार्टीकी पूर्व अध्यक्ष सोनिया गान्धीको संसदीय क्षेत्र पनि हो । रायबरेलीलाई गान्धी परिवारको पारम्परिक गढ पनि मानिन्छ ।यो फिरोज गान्धीदेखि लिएर इन्दिरा गान्धी र सोनिया गान्धीको लोकसभा सीट हो । २०१४ को लोकसभा चुनावमा कांग्रेसलाई यूपीमा मात्र दुई सिट मिलेको थियो जसमध्ये एक रायबरेली हो । अमेठी अर्को शहर हो जहाँ राहुल गान्धीले जितेका थिए । यसै वर्ष अप्रिलमा बीजेपीका राष्ट्रीय अध्यक्ष अमित शाहले रायबरेली यात्रा गरेका थिए र त्यसक्रममा कांग्रेस पार्टीका एमएलसी दिनेश प्रताप सिंहको परिवार बीजेपी प्रवेश गरेको थियो ।

दिनेश सिंहका एक भाई कांग्रेस पार्टीबाट नै एमएलए र अर्का भाई जिल्ला पञ्चायतका अध्यक्ष छन् । अमित शाहपछि केन्द्रीय मन्त्री स्मृति ईरानी र पछि वित्त मन्त्री अरुण जेटली पनि रायबरेली यात्रा गरिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परिवारलाई सम्हाल्न गाह्रो भयो- प्रचण्ड
परिवारलाई सम्हाल्न गाह्रो भयो- प्रचण्ड
सभ्यता बचाउने र संस्कृति जोगाउने शिक्षा आवश्यक – प्रधानन्यायाधीश
सभ्यता बचाउने र संस्कृति जोगाउने शिक्षा आवश्यक – प्रधानन्यायाधीश
ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत
ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत
ट्रम्पले अमेरिकी चुनाव जिते युद्ध सहयोग रोकिने चिन्तामा युक्रेनीहरू
ट्रम्पले अमेरिकी चुनाव जिते युद्ध सहयोग रोकिने चिन्तामा युक्रेनीहरू
रुकुममा ५५ प्रतिशत मत खस्यो मतदान सकिए लगत्तै मत पेटिका संकलन गरी तत्कालै गणना सुरु गरिने छ ।
रुकुममा ५५ प्रतिशत मत खस्यो मतदान सकिए लगत्तै मत पेटिका संकलन गरी तत्कालै गणना सुरु गरिने छ ।
एकीकृत समाजवादी सिन्धुपाल्चोक अध्यक्षमा पौडेल
एकीकृत समाजवादी सिन्धुपाल्चोक अध्यक्षमा पौडेल
चर्चित गायिका मन्जु पौडेल र सन्तु  थापा को स्वर  नाइनाइ भन्छ मायाले  (भिडियो सहित) हेर्नुहोस्.
चर्चित गायिका मन्जु पौडेल र सन्तु थापा को स्वर नाइनाइ भन्छ मायाले (भिडियो सहित) हेर्नुहोस्.
पोखराकाे सेती खोचमा विमान दुर्घटना, थप विवरण आउँदै
पोखराकाे सेती खोचमा विमान दुर्घटना, थप विवरण आउँदै
सरकारले आचारसंहिता उल्लंघन गरेको छैन : उपप्रधानमन्त्री महरा
सरकारले आचारसंहिता उल्लंघन गरेको छैन : उपप्रधानमन्त्री महरा
राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि
राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि