यसकारण रियल म्याड्रिडलाई ‘बाइबाई’ गर्दै रोनाल्डो

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ३, २०७४
|
|
२२ पटक हेरिएको
Shares
यसकारण रियल म्याड्रिडलाई ‘बाइबाई’ गर्दै रोनाल्डो

सारांश

  • एजेन्सी, माघ ३ ।
  •  सन् २०१७ मा रियल माड्रिडलाई विभिन्न उपाधि जिताउन निर्णायक भूमिका निर्वाह गर्ने विश्वचर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डो रियलबाट बाहिर हुने चर्चा चलेको छ ।
  • आफ्नो खराब फर्मसँग सङ्घर्ष गर्दै आएका रोनाल्डोले आफ्नो नामअनुसारको प्रदर्शन गर्न नसकेपछि उनलाई क्लबले हेर्ने दृष्टिकोणमा परिवर्तन गरेको हो ।

एजेन्सी, माघ ३ । सन् २०१७ मा रियल माड्रिडलाई विभिन्न उपाधि जिताउन निर्णायक भूमिका निर्वाह गर्ने विश्वचर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डो रियलबाट बाहिर हुने चर्चा चलेको छ । आफ्नो खराब फर्मसँग सङ्घर्ष गर्दै आएका रोनाल्डोले आफ्नो नामअनुसारको प्रदर्शन गर्न नसकेपछि उनलाई क्लबले हेर्ने दृष्टिकोणमा परिवर्तन गरेको हो । प्राप्त जानकारीअनुसार अहिले रोनाल्डोको साटो ब्राजिलियन स्ट्राइकर नेमारलाई क्लबमा भित्र्याउन लागेको चर्चा चलेको छ ।

पछिल्लो समय ला लिगाबाट रोनाल्डोले १२ खेले पनि ४ गोल गर्न मात्र सफल भएका छन् । रोनाल्डो यही खराब फर्मलाई आत्मसात् गर्दै रियलका अध्यक्ष फ्लोरेन्टिनो परेजले नयाँ खेलाडी क्लबमा भित्र्याउने र क्लबलाई बलियो बनाउने भनेपछि रोनाल्डोलाई रियलबाट बिदा गराउन लागेको महसुस गरिएको हो । र पनि, अहिलेसम्म रोनाल्डोलाई क्लबमै राख्ने वा बिदा गर्ने त्यसबारे आधिकारिक घोषणा भने गरेको छैन ।

अध्यक्ष परेजले नेमारमाथि आँखा गाडे पनि जबसम्म रोनाल्डो रियलमा रहनेछन् तबसम्म नेमार रियलमा नआउने स्पेनिस सञ्चारमाध्यमले जनाएका छन् । पेरेज आउँदो सिजनदेखि नेमारलाई क्लबमा भित्र्याउन चाहन्छन्, तर त्यसका लागि उनी रोनाल्डोको सम्झौता सकिने समयको प्रतीक्षामा रहेका छन् ।

गत सिजनमा नेमारलाई पेरिस सेन्ट जर्मनले कीर्तिमानी २ सय मिलियन पाउन्ड खरिद गरेको थियो । नेमारले उक्त क्लबसँग सन २०२२ सम्मका लागि सम्झौता गरेका थिए । यता रोनाल्डोसँग रियलले २०२१ सम्म सम्झौता गरेको छ । स्रोतका अनुसार इस्को, मार्को असेन्सियो र दानीजस्ता फुटबलका हस्तीले रोनाल्डोको साटो रियलमा जाने इच्छा प्रकट गरेको खुलासा भएको छ । यस्तो चर्चा चलिरहेको बेलामा अब सानो क्लबमा जान नचाहने रोनाल्डोको भविष्य कस्तो होला त्यसबारे अनुमान र अड्कल काट्न मात्रै सकिन्छ ।

यस्तो अवस्थामा आगामी सिजन २०१८ का लागि खेलाडी हस्तान्तरणको प्रक्रिया शुभारम्भ भइसकेको छ । त्यसमा रोनाल्डोलाई आफ्नो क्लबमा भित्र्याउन केही क्लबले ताक लगाएर बसेको स्रोतको दाबी छ । स्रोतका अनुसार यी क्लबमा चेल्सी, पेरिस सेन्ट जर्मन, एमएल क्लब र एलए ग्यालेक्सी रहेका छन् । अब रोनाल्डो कहाँ जान चाहन्छन् त्यो उनमा निर्भर रहनेछ ।

स्पेनिस सञ्चारमाध्यमलाई आधार मान्ने हो भने यतिबेला चर्चित तीनवटा क्लब रोनाल्डोलाई साइन गर्न आतुर देखिएका छन् । जसमा चेल्सीका प्रमुख एन्टोनियो कोन्टे अन्य क्लबभन्दा अगाडि देखिएका छन् । चेल्सीको फरवार्ड लाइनलाई अझ बलियो बनाउन रोनाल्डोलाई क्लबमा भित्र्याउन लागेको कोन्टेले जानकारी गराएका छन् । रोनाल्डोलाई चेल्सीमा भित्र्याउनु अर्को कारण स्टार खेलाडी मोराटा खराब फर्ममा हुनु पनि रहेको छ । मोराटालाई अघिल्लो सिजनमा रियलबाट चेल्सी भित्र्याइएको थियो ।

त्यस्तै नेमार रियल जाने भएपछि रोनाल्डोलाई पेरिस सेन्ट जर्मनले क्लबमा भित्र्याउने जनाएको छ । किनकि यी दुई स्टारडमले गर्दा पनि सँगै एउटै क्लबमा राख्न सकिँदैन । तसर्थ दुईमध्ये एकलाई रोज्नुपर्ने पेरिसको बाध्यता छ । यदि यी दुबै क्लबसँग कुरा नमिले एलए ग्यालेक्सी रोनाल्डोसँग सम्झौता गराउन तयार रहेको छ । ग्यालेक्सीले सन् २००७ मा डेभिड बेकह्यामलाई क्लबमा भित्र्याएको थियो । यतिबेला अरू क्लबमा जाने कुरालाई रोनाल्डोले अस्वीकार नगरेको अवस्थामा अब उनी कहाँ हस्तान्तरण हुन्छन् त्यो प्रतीक्षाको विषय बनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनआन्दोलनका घाइते भिख माग्दै हिँड्न बाध्य
बम फाल्ने प्रहरीबारे आइजीपी अर्यालले बल्ल मुख खोले यसो भन्छन् आइजीपी….
बम फाल्ने प्रहरीबारे आइजीपी अर्यालले बल्ल मुख खोले यसो भन्छन् आइजीपी….
प्रधानमन्त्री ओलीले सिके राउतलाई प्रचण्डसँग दाँजेपछि……
प्रधानमन्त्री ओलीले सिके राउतलाई प्रचण्डसँग दाँजेपछि……
गरिमा शर्मालाई फिल्म डेब्यूमा सकस :घोषणामा नाम आउँछ, सुटिङमा अरु नै
गरिमा शर्मालाई फिल्म डेब्यूमा सकस :घोषणामा नाम आउँछ, सुटिङमा अरु नै
अबैध हाब्रे (Red Panda) को छाला र भालुको पित्त सहित ६ जना पक्राउ !!
अबैध हाब्रे (Red Panda) को छाला र भालुको पित्त सहित ६ जना पक्राउ !!
चलचित्र ‘नाइँ नभन्नु ल ६’को रिजिल रोकियो
चलचित्र ‘नाइँ नभन्नु ल ६’को रिजिल रोकियो
वामपन्थीको सरकार आएपछि आन्तरिक मामिलामा हात हाल्नेलाई पोल्छ : ओली
वामपन्थीको सरकार आएपछि आन्तरिक मामिलामा हात हाल्नेलाई पोल्छ : ओली
भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ
भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ
यूएनडीपीको पैसामा सांसदको रजाइँ
यूएनडीपीको पैसामा सांसदको रजाइँ
एक सय २० खेल कम खेलेरै मेस्सीले रोनाल्डोलाई भेट्टाए, मेस्सीको पछिल्लो गोलमा अद्भूत संयोग
एक सय २० खेल कम खेलेरै मेस्सीले रोनाल्डोलाई भेट्टाए, मेस्सीको पछिल्लो गोलमा अद्भूत संयोग

तपाईंले छुटाउनुभयो कि?