कोरियामा रहेका नेपालीबारे सभामुख महराको चासो, कोरिया नेपालको हाइड्रोपावरमा लगानी गर्न इच्छुक

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २९, २०७४
|
|
५१ पटक हेरिएको
Shares
कोरियामा रहेका नेपालीबारे सभामुख महराको चासो, कोरिया नेपालको हाइड्रोपावरमा लगानी गर्न इच्छुक

सारांश

  • काठमाडौं, २९ चैत ।
  • सभामुख कृष्णबहादुर महरा र गणतन्त्र कोरियाका सांसद एवं कोरिया–नेपाल संसदीय मैत्री संघका अध्यक्ष जु स्योङ योङबीच शिष्टाचार भेटवार्ता भएको छ ।
  • सभामुख महरा र जुबीच बुधबार (हिजो) संसद सचिवालय सिंहदरबारमा भेटवार्ता भएको हो ।

काठमाडौं, २९ चैत । सभामुख कृष्णबहादुर महरा र गणतन्त्र कोरियाका सांसद एवं कोरिया–नेपाल संसदीय मैत्री संघका अध्यक्ष जु स्योङ योङबीच शिष्टाचार भेटवार्ता भएको छ । सभामुख महरा र जुबीच बुधबार (हिजो) संसद सचिवालय सिंहदरबारमा भेटवार्ता भएको हो ।

भेटवार्तामा दुई देशबीचको सम्बन्ध प्रगाढ रहेको चर्चा गर्दै संसदीय अनुभव र अभ्यास आदान प्रदान गर्न संसदीय फ्रेन्डसीप ग्रुपलाई थप क्रियाशील बनाउनु पर्नेमा जोड दिइएको थियो ।

भेटका अवसरमा सभामुख महराले नेपालमा संघीय संसदको नयाँ अभ्यास शुरु गरेको भन्दै एक अर्कामा संसदीय अभ्यासको आदानप्रदानले दुई देशबीच राजनीतिक सम्बन्ध पनि थप सुमधुर हुने बताएका थिए । “संसदीय अभ्यास, अनुभव आदानप्रदान र सहकार्यले राजनीतिक सम्बन्ध पनि स्थापित हुन्छ”, महराले भने, “गणतन्त्र कोरियाबीच साँस्कृतिक सम्बन्ध पनि रहेको छ ।”

नेपालमा धेरै लगानी गर्ने देशहरुमध्ये कोरिया पनि प्रमुख लगानीकर्ता रहेको भन्दै सभामुख महराले अहिले हाइड्रो, मेडिकल औजार, होटेल व्यवस्थापन, इलेक्ट्रोनिक्सलगायतका क्षेत्रमा ठूलो लगानी रहेको बताए । नेपालमा हाइड्रो पावर सञ्चालनका लागि निकै अनुकूल रहेकाले त्यसतर्फ लगानीका लागि सम्बन्धित मन्त्रालय र सरकारसँग सहकार्य गर्न सभामुखले आग्रह गरे ।

नेपाली कामदारहरु ठूलो मात्रामा कोरियामा काम गर्न गएको बताउँदै सभामुख महराले नेपालीहरुको सुरक्षाका बारेमा चासो राखेका थिए । “अहिले कोरियामा नेपाली कामदारहरु ठूलो संख्यामा रहेका छन्”, उनले भने, “कोरियाले नेपालीहरुलाई दिँदै आएको अवसरको निरन्तरता होस् र अहिले रहेका नेपालीहरु सुरक्षित रहून् भन्ने हाम्रो मुख्य चासो रहेको छ ।”

सो अवसरमा कोरिया–नेपाल संसदीय मैत्री संघका अध्यक्ष तथा कोरियाली संसदका जु स्योङ योङले नेपालीहरु निकै मेहनती, नम्र र अनुशासित रहेको बताए । कोरियामा रहेका नेपालीहरु निकै इमान्दारीपूर्वक काम गरिरहेको भन्दै सांसद जुले नेपाली कामदारहरुको सुरक्षामा आफूहरु प्रतिबद्ध रहेको उल्लेख गरे ।

आफू कोरियाली संसदको पानीसम्बन्धी समितिको विशेषज्ञका रुपमा काम गरिरहेको भन्दै नेपालमा जलस्रोत प्रशस्त रहेकाले हाइड्रोमा राम्रो काम गर्न सकिने बताए । भूकम्पको बेला कोरियाले नेपाललाई गरेको सहयोगको स्मरण गर्दै जुले आफूहरुले नेपालको हाइड्रो पावरलगायत हरेक क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताए ।

जुसँगको भेटघाटमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूतलगायतको टोली रहेको थियो भने संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराई, सहसचिव एवं संसदका प्रवक्ता डा.भरतराज गौतमलगायतको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशमा आतङ्क मच्चाउने,राष्ट्रलाई विखण्डन गर्ने शक्तिसँग सरकार झुकेर बस्न सक्दैन : मन्त्री पोखरेल
देशमा आतङ्क मच्चाउने,राष्ट्रलाई विखण्डन गर्ने शक्तिसँग सरकार झुकेर बस्न सक्दैन : मन्त्री पोखरेल
भैंसी चराइरहेका बाउछोरालाई जिपले ठक्कर दिंदा मृत्यु
भैंसी चराइरहेका बाउछोरालाई जिपले ठक्कर दिंदा मृत्यु
आईजीका छोरामाथि मुद्दा नचलाउने निर्णय महान्यायाधीवक्ता रमणकुमारको पालामा सुटुक्क भएछ
आईजीका छोरामाथि मुद्दा नचलाउने निर्णय महान्यायाधीवक्ता रमणकुमारको पालामा सुटुक्क भएछ
आर्थिकमन्दीको प्रभाव : घटे घरबासमा पाहुना
आर्थिकमन्दीको प्रभाव : घटे घरबासमा पाहुना
घोषित मितिमै निर्वाचन गराउन भूमिका खेल्ने माओवादी निर्णय
घोषित मितिमै निर्वाचन गराउन भूमिका खेल्ने माओवादी निर्णय
नाकाबन्दीले आप्रवासी चपेटामा
नाकाबन्दीले आप्रवासी चपेटामा
सकियो चितवन टाइगर्सको इपिएल यात्रा
सकियो चितवन टाइगर्सको इपिएल यात्रा
अखिल क्रान्तिकारी ७ नं. प्रदेशद्वारा जाग्रीको हत्याप्रति खेद प्रकट (विज्ञप्तिसहित)
अखिल क्रान्तिकारी ७ नं. प्रदेशद्वारा जाग्रीको हत्याप्रति खेद प्रकट (विज्ञप्तिसहित)
‘अतिक्रमित जमिन फर्काउने अभियानमा सरकार’
‘अतिक्रमित जमिन फर्काउने अभियानमा सरकार’
अदुवाको भाउ घट्यो, किसानमा निराशा बढ्यो
अदुवाको भाउ घट्यो, किसानमा निराशा बढ्यो