सौराहामा नयाँ वर्षमा दोब्बर पर्यटक

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३, २०७५
|
|
४२ पटक हेरिएको
Shares
सौराहामा नयाँ वर्षमा दोब्बर पर्यटक

सारांश

  • चितवन ३ बैशाख ।
  • नयाँ वर्ष लागेसँगै चितवनको पर्यटन व्यवसायमा शुभ संकेत देखिएको छ ।
  • यस पटक नयाँ वर्षमा विगतभन्दा दोब्बर बढी पर्यटक सौराहा भित्रिएका छन् ।

चितवन ३ बैशाख ।

नयाँ वर्ष लागेसँगै चितवनको पर्यटन व्यवसायमा शुभ संकेत देखिएको छ ।

यस पटक नयाँ वर्षमा विगतभन्दा दोब्बर बढी पर्यटक सौराहा भित्रिएका छन् । “नयाँ वर्षमा उल्लेख्य पर्यटक आएका छन्, आगामी दिनमा पर्यटकको आगमन राम्रै हुने छ,” क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले भने ।

उनका अनुसार २०७५ सालमा २० प्रतिशत पर्यटक बढ्ने आशा पलाएको छ । गत वर्ष करीब १० हजार पर्यटक भित्रिएका र होटलमै बास बस्ने पर्यटक अनुमानित ६ हजार रहेको घिमिरेले बताए । “विगतमा व्यवसायी चुके, अब प्रवद्र्धनमा तात्नुपर्छ,” उनले भने ।

विक्रम संवत्को नयाँ वर्षमा सौराहाका होटलमा पर्यटक खचाखच भरिएका छन् । यसपाली सौराहालाई पर्यटक धान्नै मुस्किल भयो । राति कोठा नपाएर फर्कने पर्यटक थुप्रै थिए । एउटै कोठामा म्याट थपेर पनि पर्यटक सुताउनुपरेको अनुभव सुनाउछन् होटल पार्क साइडका सञ्चालक शीरलाल परियार । नयाँ वर्ष शुरु हुनु तीन दिन अघिदेखि नै सौराहामा पर्यटक भरिएका थिए ।

नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहा हो । विगतमा यहाँ करीब एक लाख ५० हजार पर्यटक आउँथे । यस वर्ष एक लाख ८० हजार पर्यटक भित्र्याउने लक्ष्य रहेको र यसका लागि व्यवसायी पर्यटन प्रवद्र्धनमा लाग्नुपर्ने घिमिरेको भनाइ छ ।

शान्ति, सु–व्यवस्था, स्थिरता र मुग्लिन सडकमा विगतभन्दा सास्ती कम भएकाले पनि विभिन्न जिल्लाबाट सौराहा घुम्न पर्यटक आउन थालेका छन् । यसपटक नेपाली नयाँ वर्षमा विदेशी पर्यटक ३० प्रतिशत थिए । अरु सबै आन्तरिक पर्यटक भरिएका थिए ।

रेष्टुराँ एण्ड बार एशोसिएसन नेपाल(रेवान) सौराहाका अध्यक्ष गोकर्ण गिरी यसपटक विगतभन्दा बढी पर्यटक सौराहा भित्रिएकाले नयाँ वर्ष पर्यटन व्यवसायीका लागि सुखद हुने बताउछन्। सौराहामा सुविधायुक्त होटल ११० वटा छन् । अन्य साना होटल पनि सञ्चालनमा छन् । ठूला होटलको क्षमता दैनिक करिब तीन हजार पर्यटक अट्ने छ । “दैनिक पाँच हजारसम्म पर्यटक राख्न सकिन्छ,” गिरीले भने ।

सौराहामा आउने पर्यटक हात्ती सफारी, जिप सफारी र डुङ्गा सफारी गर्छन् । थारु संस्कृतिमा पर्यटक रमाउँछन् । उनीहरु चितवन निकुञ्जमा गैंँडा, चित्तल, हात्ती, जरायो, बाघ, गौरीगाई, भालुलगायत वन्यजन्तु अवलोकन गरेर रमाउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गर्मीे बढेसँगै झाडापखालाका बिरामी बढे
गर्मीे बढेसँगै झाडापखालाका बिरामी बढे
शुक्रबार देशका विभिन्न स्थानमा भारी बर्षा, सिन्धुली, दाङ र कैलालीमा भीषण वर्षा, सचेत रहन मौसम विभागको आग्रह
शुक्रबार देशका विभिन्न स्थानमा भारी बर्षा, सिन्धुली, दाङ र कैलालीमा भीषण वर्षा, सचेत रहन मौसम विभागको आग्रह
यी हुन् इन्चार्जबाट इन्चार्जमै सरुवा हुुने भाग्यमानी एसएसपी…
यी हुन् इन्चार्जबाट इन्चार्जमै सरुवा हुुने भाग्यमानी एसएसपी…
बढ्दो सवारी दुर्घटनाः न्यूनीकरणका लागि सबैको चासो र चिन्ता भए पनि रोकिँदैन
बढ्दो सवारी दुर्घटनाः न्यूनीकरणका लागि सबैको चासो र चिन्ता भए पनि रोकिँदैन
सुरक्षागार्डको हत्याको शंकामा १२ जनासहित एक ठेलाचालक पक्राउ,अनुसन्धानमा तीव्रता: डीआईजी रिजाल
सुरक्षागार्डको हत्याको शंकामा १२ जनासहित एक ठेलाचालक पक्राउ,अनुसन्धानमा तीव्रता: डीआईजी रिजाल
अरुण–जरायोटार खानेपानी आयोजनाको काममा ढिलाइ
अरुण–जरायोटार खानेपानी आयोजनाको काममा ढिलाइ
चुनावी तालमेलका विषयमा कांग्रेसभित्र दुई धार
चुनावी तालमेलका विषयमा कांग्रेसभित्र दुई धार
गर्भवतीलाई आयोडिन नुन
गर्भवतीलाई आयोडिन नुन
जग्गा खरिद गर्दा ‘भ्रष्टाचार भएको’ प्रमाण भेटिएपछि उन्मुक्ति पाउन चलखेल
जग्गा खरिद गर्दा ‘भ्रष्टाचार भएको’ प्रमाण भेटिएपछि उन्मुक्ति पाउन चलखेल
किम जोङले गरे तोप अभ्यासको निरिक्षण
किम जोङले गरे तोप अभ्यासको निरिक्षण