आप्रबासी छिर्न रोक नलगाए मेक्सिकोसँगको सीमा बन्द गर्ने ट्रम्पको चेतावनी

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १७, २०७५
|
|
२५ पटक हेरिएको
Shares
आप्रबासी छिर्न रोक नलगाए मेक्सिकोसँगको सीमा बन्द गर्ने ट्रम्पको चेतावनी

सारांश

  • पाल्मविच, संयुक्त राज्य अमेरिका, १६ चैत  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका छिर्न खोज्ने आप्रवासीलाई रोक्न थप कदम नचाले मेक्सिकोसँग जोडिएको सीमा बन्द गर्न सक्ने बताउनु भएको छ ।
  • सीमा बन्द गरिए आवतजावत अवरुद्ध हुनुका साथै अर्बौँ डलरले व्यापार खर्च बढ्नेछ ।
  • मेक्सिकोको नाका भएर अमेरिका छिर्ने आप्रवासीहरूको सङ्ख्यामा वृद्धि भइरहँदा ट्रम्पको पछिल्लो चेतावनी आएको हो ।

पाल्मविच, संयुक्त राज्य अमेरिका, १६ चैत  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका छिर्न खोज्ने आप्रवासीलाई रोक्न थप कदम नचाले मेक्सिकोसँग जोडिएको सीमा बन्द गर्न सक्ने बताउनु भएको छ । सीमा बन्द गरिए आवतजावत अवरुद्ध हुनुका साथै अर्बौँ डलरले व्यापार खर्च बढ्नेछ ।
मेक्सिकोको नाका भएर अमेरिका छिर्ने आप्रवासीहरूको सङ्ख्यामा वृद्धि भइरहँदा ट्रम्पको पछिल्लो चेतावनी आएको हो ।
मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानवेल लोपेश ओर्बयाडोरले यो विषयलाई लिएर आफू मुठभेडको स्थितिमा नफस्ने बताउनु भएको छ ।
विदेशमन्त्री मार्सेलो एब्रार्डले मेक्सिको अमेरिकाको ठूलो छिमेकी भएको र चेतावनीका आधारमा कदम नचाल्ने भन्दै शनिबार ट्वीट गर्नुभएको छ ।
यसपहिले शुक्रवार पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले भन्नुभयो, “अर्को हप्ता मैले सीमा बन्द गराउँछु जस्तो देखिन्छ र त्यसो गर्दा मलाई कुनै समस्या हुनेछैन ।”
अमेरिका छिर्न खोज्ने मानिसहरूलाई रोक्ने काम सजिलो भए पनि मेक्सिकोले त्यसो नगरेको ट्रम्पको तर्क छ । त्यसपछि सो विषयमा ट्रम्पले शृङ्खलाबद्ध ट्वीटहरू गर्नुभयो जसमा उहाँले लागुऔषध तस्करी नियन्त्रणमा रकम खर्चिनुभन्दा सीमा बन्द गर्नु राम्रो हुने बताउनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पारिवारिक वियोगले सम्हालिन गार्हो–पुष्पकमल
पारिवारिक वियोगले सम्हालिन गार्हो–पुष्पकमल
कुन पार्टीले कहाँ-कहाँ जिते ? हेर्नुहोस् सूची (अपडेट)
कुन पार्टीले कहाँ-कहाँ जिते ? हेर्नुहोस् सूची (अपडेट)
भूमि आयोगमा चार सय बढीको निवेदन
भूमि आयोगमा चार सय बढीको निवेदन
कामपाका प्रगतिशील कामबाट संघीय सरकारलाई उत्प्रेरणा मिलेको छ : प्रधानमन्त्री
कामपाका प्रगतिशील कामबाट संघीय सरकारलाई उत्प्रेरणा मिलेको छ : प्रधानमन्त्री
मिटर व्याजीलाई कारबाही गर्ने अध्यादेश स्वीकृत
मिटर व्याजीलाई कारबाही गर्ने अध्यादेश स्वीकृत
अख्तियारका असई चार लाख घुससहित अख्तियारकै फन्दामा
अख्तियारका असई चार लाख घुससहित अख्तियारकै फन्दामा
नेपाली कांग्रेसको केन्द्रीय सभापति देशभरका क्रियाशील सदस्यहरुको मतदानबाट हुने !
नेपाली कांग्रेसको केन्द्रीय सभापति देशभरका क्रियाशील सदस्यहरुको मतदानबाट हुने !
पवन जल्लाद – चार दोषीलाई झुण्ड्याउँदा जीवनमै पहिलोपटक खुशी भएँ
पवन जल्लाद – चार दोषीलाई झुण्ड्याउँदा जीवनमै पहिलोपटक खुशी भएँ
निर्मला पन्त हत्या प्रकरण:  प्रहरी अनुसन्धानमा गल्ती !
निर्मला पन्त हत्या प्रकरण: प्रहरी अनुसन्धानमा गल्ती !
दुर्गा प्रसाईं समर्थकले आगजनीमा गरेको ट्रकका चालकको मृत्यु
दुर्गा प्रसाईं समर्थकले आगजनीमा गरेको ट्रकका चालकको मृत्यु

तपाईंले छुटाउनुभयो कि?