यसरी लुट्छन् सरकारी कार्यालयमा, बजारभन्दा तेब्बरको बिल !
सारांश
- काठमाडौं – सरकारी कार्यालयमा दैनिक काम सञ्चालनका लागि आवश्यक सामान खरिदमा कर्मचारीहरूले बजार मूल्यभन्दा तेब्बरसम्मको मूल्य पेस गरी भुक्तानी लिने गरेको पाइएको छ।
- कम मूल्य पर्ने समानलाई बढी मूल्य देखाएर बिलमार्फत् उनीहरूले अनियमिता गर्ने गरेको पाइएको हो।
- एउटै स्टेशनरी सामानको कार्यालयपिच्छे मूल्य फरकफरक देखाई बिल पेस गर्ने गरिएको छ।
काठमाडौं – सरकारी कार्यालयमा दैनिक काम सञ्चालनका लागि आवश्यक सामान खरिदमा कर्मचारीहरूले बजार मूल्यभन्दा तेब्बरसम्मको मूल्य पेस गरी भुक्तानी लिने गरेको पाइएको छ। कम मूल्य पर्ने समानलाई बढी मूल्य देखाएर बिलमार्फत् उनीहरूले अनियमिता गर्ने गरेको पाइएको हो। एउटै स्टेशनरी सामानको कार्यालयपिच्छे मूल्य फरकफरक देखाई बिल पेस गर्ने गरिएको छ। पाइलट पेन, डायरी, रजिष्टर, डटपेन, स्टापलर, फाइल, पेनड्राइभ, कापी जस्ता सामानमा कार्यालयपिच्छे फरकफरक मूल्य हुने गरेको छ।
स्टेशनरी पसलमा पर्ने मूल्यभन्दा दोब्बर तेब्बरसम्म रकम लेखिएका बिल कार्यालयमा पेस हुने गरेका छन्। राष्ट्रिय सतर्कता केन्द्रले गरेको अध्ययनमा सरकारी कार्यालयमा प्रयोग गरिने स्टेशनरी सामान खरिदमा फरकफरक मूल्य देखिएको केन्द्रले जनाएको छ । बजारमा पर्ने मूल्यभन्दा दोब्बर, तेब्बरसम्म बिल बनाई सरकारी कार्यालयमा स्टेशनरी सामान खरिद गर्ने गरिएको केन्द्रले गरेको अध्ययनमा देखाइएको छ। केन्द्रले सरकारी कार्यालयमा प्रयोग गरिने स्टेशनरी सामान खरिदमा एकरूपता ल्याउन सरकारी कार्यालयलाई निर्देशन पनि दिएको छ।
आजको नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया