कर्णालीमा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुने

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २५, २०७९
|
|
५३ पटक हेरिएको
Shares
कर्णालीमा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुने

सारांश

  • काठमाडौँ ।
  • आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले कर्णालीमा नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ ।
  • शीर्ष नेताहरूको निर्णयसँगै कर्णालीको मुख्यमन्त्री राजकुमार शर्मा बन्ने निश्चित भएको छ ।

काठमाडौँ ।आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले कर्णालीमा नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ ।

शीर्ष नेताहरूको निर्णयसँगै कर्णालीको मुख्यमन्त्री राजकुमार शर्मा बन्ने निश्चित भएको छ । रुकुम पश्चिम (ख) बाट निर्वाचित शर्मा अब कर्णालीको तेस्रो मुख्यमन्त्री बन्नुहुने छ ।

पुस १३ गते बसेको माओवादीको प्रदेश कमिटीको बैठकले शर्मालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको थियो । १३ सिटसहित दोस्रो स्थानमा रहेको माओवादीले दोस्रो पटक पनि सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेको छ ।

उता मुख्यमन्त्री माओवादीले पाएपछि एमालेले सभामुख पाउने भएको छ । तर, एमालेबाट सभामुखमा कसलाई पठाउँछ भन्ने टुङ्गो अझैँ हुन सकेको छैन । एमालेको १० सिट कर्णाली प्रदेशसभामा रहेको छ । सरकार बनाउनका लागि २१ सिट भए पुग्छ । माओवादी र काँग्रेस मिलाएर २३ सिट छ ।

प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा २७ गते बेलुकी ५ः०० बजे सम्मको समय सीमाभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आव्हान गर्नुभएको छ ।

सभामुख र उपसभामुख चयनको मिति तोकिने कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो बैठक आज (आज) दिउँसो १ः०० बजे बस्दै छ ।

ज्येष्ठ सदस्य विनोद शाहको अध्यक्षतामा १८ गते बसेको पहिलो बैठकले आजलाई बैठक आह्वान गरेको थियो । बैठकले सभामुख र उपसभामुख चयनको मिति तोक्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैशाख मसान्तको वर्षाले राहत
वैशाख मसान्तको वर्षाले राहत
स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवर्द्धनका लागि नीतिगत सहजीकरण गर्ने प्रधानमन्त्री शाहको घोषणा: चोरीपैठारी नियन्त्रण र बजार विस्तारमा सरकारको जोड
स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवर्द्धनका लागि नीतिगत सहजीकरण गर्ने प्रधानमन्त्री शाहको घोषणा: चोरीपैठारी नियन्त्रण र बजार विस्तारमा सरकारको जोड
एम्बुलेन्स प्रयोग गरेर गाँजा तस्करी गर्ने पक्राउ
एम्बुलेन्स प्रयोग गरेर गाँजा तस्करी गर्ने पक्राउ
बुधबार सेयर बजारमा सामान्य गिरावट, कुन कम्पनीले कमाए ?
बुधबार सेयर बजारमा सामान्य गिरावट, कुन कम्पनीले कमाए ?
भारतको दिल्लीमा आगलागीमा परी नौ जनाको मृत्यु
भारतको दिल्लीमा आगलागीमा परी नौ जनाको मृत्यु
चेक बाउन्सको मुद्दामा काग्रेस नेता पक्राउ
चेक बाउन्सको मुद्दामा काग्रेस नेता पक्राउ
पशुपतिको कोटीहोम महायज्ञमा पुगे वर्षा र अमर, ‘मोदीबेनी’को लागि मागे आशीर्वाद
पशुपतिको कोटीहोम महायज्ञमा पुगे वर्षा र अमर, ‘मोदीबेनी’को लागि मागे आशीर्वाद
नेपाल बौद्ध संघको तेस्रो वार्षिकोत्सव सम्पन्न
नेपाल बौद्ध संघको तेस्रो वार्षिकोत्सव सम्पन्न
पूर्व राजा ज्ञानेन्द्र शाह मुटुमा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना
पूर्व राजा ज्ञानेन्द्र शाह मुटुमा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना
Japan marks 73rd anniversary of atomic attack on Hiroshima
Japan marks 73rd anniversary of atomic attack on Hiroshima