झापामा हात्ती आक्रमणमा ज्यान गुमाउने बर्सेनि बढ्दै

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १८, २०८०
|
|
४७ पटक हेरिएको
Shares
झापामा हात्ती आक्रमणमा ज्यान गुमाउने बर्सेनि बढ्दै

सारांश

  • झापा ।
  • झापामा बर्सेनि जङ्गली हात्ती आक्रमणमा परेर ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ ।
  • जङ्गलमा घाँस काट्ने क्रममा, घरमै सुतिरहेको अवस्थामा र चिया बगानमा मानिस जङ्गली हात्तीको निशानामा पर्ने गरेका छन् ।

झापा । झापामा बर्सेनि जङ्गली हात्ती आक्रमणमा परेर ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । जङ्गलमा घाँस काट्ने क्रममा, घरमै सुतिरहेको अवस्थामा र चिया बगानमा मानिस जङ्गली हात्तीको निशानामा पर्ने गरेका छन् ।

झापाकै सामुदायिक वनमा रहेका रैथाने हात्ती र दैनिक बाहुनडाँगी हुँदै नेपाल प्रवेश गर्ने भारतीय जङ्गली हात्तीले मानवीय क्षति गरिरहेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताए ।

उनले गत वर्षको तुलनामा हात्ती आक्रमणमा परी ज्यान गुमाउनेको सङ्ख्या बढेको जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्ममा आठ जनाले हात्ती आक्रमणमा ज्यान गुमाएका छन् भने सात जना घाइते भएका छन् । गत वर्ष सोही अवधिमा छ जनाले ज्यान गुमाएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

आहाराको खोजीमा गाउँ, सहर पस्ने हात्तीको निशानामा मानिस परेको उनको भनाइ छ । केही समय अघिसम्म सामुदायिक वन आसपासमा मात्र हात्तीको जोखिम रहेको थियो । आजकल हात्तीले सहरभित्रै पसेर मान्छे मार्न थालेको छ ।

‘हुलमा भन्दा पनि एक्ले हात्तीले मान्छे मारिरहेको छ,’ प्रमुख राई भन्छन्, ‘हात्ती अब अटेर भइसके । शहर पसेर मान्छे मार्न थाल्यो ।’

आज बिहान मात्र धुलाबारी बजारमा पूजाका लागि फूल टिप्न सडकमा हिँड्दै गरेकी ८० वर्षीया पन्नादेवीको हात्ती आक्रमणमा घटनास्थलमै मृत्यु भएको छ । वृद्धालाई मारेर उत्तरतर्फ लागेको हात्तीले बुद्धशान्ति गाउँपालिका–५ मा ३८ वर्षीया कमला धिमाललाई आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

चिया बगानमा काम गर्न जाने क्रममा बाटोमै धिमाल हात्ती आक्रमणमा परेर घाइते भएकी थिइन् । उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

झापाका स्थानीय तहले हालै मात्र बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेका छन् । जिल्लामा बर्सेनि हात्ती आक्रमणमा मानवीय क्षतिसँगै लाखौँको अन्नबालीसमेत नष्ट हुँदै आएको छ । तर, बजेटमा पालिकाले हात्ती नियन्त्रणका लागि नै भनेर रकम उल्लेख गरिएको पाइँदैन ।

मेचीनगर नगरपालिकाको बाहुनडाँगी हात्ती नेपाल प्रवेश गर्ने मुख्य गौँडो मानिन्छ । सो क्षेत्रमा लगाएको विद्युतीय घेराबार समेत तोडेर दैनिक हात्ती गाउँ पस्ने गरिरहेका छन् । पालिकाले नीति तथा कार्यक्रममा जङ्गली हात्तीको प्रकोपको क्षतिलाई नियन्त्रण गर्न निर्माण गरिएको विद्युतीय घेराबारको मर्मत सम्भार तथा स्तोरन्नति गरिने र सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्ने हात्ती रोक्न सङ्घ र प्रदेश सरकारसँग पहल गर्ने नीति तथा बजेट कार्यक्रममा उल्लेख गरेको छ ।

पालिकाले हात्तीलगायतका जङ्गली जनावरलाई खेदाउन साइरन खरिदका लागि तीन लाख र हात्ती प्रकोप तथा विपद् व्यवस्थापनमा तीन लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । नगरको वडा नम्बर ४ ले भने हात्तीमैत्री किसान समूहलाई बेमौसमी तरकारी खेतीका लागि ५० हजार र हात्तीले मारेको पीडित परिवारका सदस्यलाई १२ हजार रूपैयाँका दरले रकम दिइने बजेटमा उल्लेख गरिएको छ ।

वडा नम्बर ३ ले हात्ती धपाउनका लागि फगी लाइट खरिदका लागि ५० हजार रूपैयाँ बजेट छुट्याएको छ । पन्ध्र वडा रहेको पालिकाका अन्य वडाले भने एक रूपैयाँ बजेटसमेत हात्ती नियन्त्रणका लागि छुट्याएको बजेट पुस्तिकमा पाइँदैन ।

(thereader.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपालाई तत्काल सरकारमा नल्याइने
राप्रपालाई तत्काल सरकारमा नल्याइने
विश्वकप फुटबल २०१८: सट्टेबाजको धन्दा साँझ ५ बजेबाट शुरु हुन्छ बिहान ८ बजेसम्म हिसाब किताब क्लियर हुन्छ
विश्वकप फुटबल २०१८: सट्टेबाजको धन्दा साँझ ५ बजेबाट शुरु हुन्छ बिहान ८ बजेसम्म हिसाब किताब क्लियर हुन्छ
गोंगबुमा हत्या गरी शव टुक्रा पारेर फाल्ने कल्पनालाई आजीवन कारावासको सजाय, नाबालिक छोरीलाई सफाई
फ्रान्सले विश्वकप जितेमा प्रशिक्षकले यस्तो रेकर्ड कायम गर्नेछन्
फ्रान्सले विश्वकप जितेमा प्रशिक्षकले यस्तो रेकर्ड कायम गर्नेछन्
एसएसपीहरुको सरुवा, काठमाडौं परिसरमा उत्तम सुवेदी, अपराध महाशाखामा सहकुल थापा
एसएसपीहरुको सरुवा, काठमाडौं परिसरमा उत्तम सुवेदी, अपराध महाशाखामा सहकुल थापा
मोदी र देउवाद्वारा शिलान्यास भएको भारतीय विहारको निर्माण सुरु
मोदी र देउवाद्वारा शिलान्यास भएको भारतीय विहारको निर्माण सुरु
ट्याक्सीमाण्डुको वार्षिकोत्सवमा मंसिर महिनाभर छुटै छुट, चालकदेखि यात्रुसम्मलाई यस्ता छन् अफर
ट्याक्सीमाण्डुको वार्षिकोत्सवमा मंसिर महिनाभर छुटै छुट, चालकदेखि यात्रुसम्मलाई यस्ता छन् अफर
सरकार विरुद्ध मुद्दा लिएर कर्मचारी पुगे सर्वोच्च अदालत
सरकार विरुद्ध मुद्दा लिएर कर्मचारी पुगे सर्वोच्च अदालत
स्थायी शिक्षक हकहित मञ्चको पहिलो राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न
स्थायी शिक्षक हकहित मञ्चको पहिलो राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न
अभिनेता सारुक ताम्राकार घरमा मृत भेटिए
अभिनेता सारुक ताम्राकार घरमा मृत भेटिए