यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १२, २०८०
|
|
१५ पटक हेरिएको
Shares
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

सारांश

  • काठमाडौं ।
  • नेपाल राष्ट्र बैंकले आज ज्येष्ठ १२ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
  • आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ज्येष्ठ १२ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३२ रुपैयाँ ९ पैसा र बिक्री दर १३२ रुपैयाँ ६९ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ६५ पैसा र बिक्री दर १४२ रुपैयाँ ३० पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ २४ पैसा र बिक्री दर १६३ रुपैयाँ ९८ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४५ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४६ रुपैयाँ ४७ पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८६ रुपैयाँ २४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २३ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?